नाता दिदीभाइ : चिठीमा लेखियो २० लाख नदिए छोरी अपहरण
रेन्जुकलाको नाताले भाइ पर्ने कँडेलले भदौ १३ गते घरमै आएर पहेलो खामभित्र चिठी लेखर २० लाख रुपैयाँ मागेका थिए ।
मागेको जति पैसा नदिए छोरी अपहरण गर्ने र घरमा बम पड्काइदिने धम्की दिएको रेन्जुका दाजु हेरम्बराज कँडेलले बताउनुभयो । नागरिक दैनिकले खबर छापेको छ ।