किसान संघ कपिलवस्तुद्धारा राजमार्ग अवरुद्ध ।।

कृष्ण गैरे , भाद्र १८ कपिलवस्तु
किसान संघ कपिलवस्तुले चन्द्रौटामा ३ घण्टा पुर्ब पश्चिम राजमार्ग अबरुद्व गरेको छ । उखु किसानले सरकार बाट पाउनु पर्ने अनुदानको रकम नपाएको भन्दै अनिश्चितकालिन बन्दको आवहान गरेका थिए । किसानहरुले अनिश्चिकालीन वन्द गर्ने वताएपछि प्रहरीले ३ घण्टा पछि जर्वरजस्ती वाटो खुलाएको छ ।
कपिलवस्तुका उखु किसानले २ करोड ४८ लाख २३ हजार रुपैया सरकारले राहत स्वरुप दिनुपर्ने रकम ५ वर्ष सम्म पनि नपाएपछी किसानहरु सडकमा उत्रिएका हुन । आर्थिक बर्ष २०७१।७२ मा अधिराज्य भरी नै सुगर्स मिल मार्फत कारोबार गर्ने किसानहरुलाई प्रति क्विन्टल २५ रुपैया अनुदान दिने निर्णय भएको थियो ।
तर महालक्ष्मी सुगर्स मील जवाभारी कपिलवस्तु मार्फत कारोबार गरेका किसानहरूलाई उखु प्रवर्द्धन खर्च बापत २५ रुपैया भुक्तानी नगरी सरकारले बेइमानी गरिरहेकाले सडक वन्द गर्न वाध्य भएको किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीले वताउनुभएको छ । रकम भुक्तानी गरिदिने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय , गृह मन्त्रालय र कृषि मन्त्रालयले पालैपालो अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको बर्ष दिन बितिसक्दा समेत अर्थ मन्त्रालयको कुनै प्रतिक्रिया नआएकोले राजमार्ग ठप्प पार्न बाध्य भएको संघका अध्यक्ष चौधरीले बताउनुभयो ।
संघले भाद्र ८ गते आइतबार ईलाका प्रशासन कार्यलय चन्द्रौटा मार्फत अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाएको थियो । भाद्र १३ गते सम्म सुनुवाइ नभए भाद्र १८ गते देखि अनसनमा वसी अनिश्तिकालीन राजमार्ग अवरुद्ध गर्ने उल्लेख थियो । सोही अनुसार संघले आज पूर्व पश्चिम राजमार्ग ठप्प पारेको छ । माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने संघले चेतावनी दिएको छ । किसान संघ कपिलवस्तुले अनुदान वापतको रकम माग गर्दै पटक पटक आन्दोलन समेत गर्दै आएको छ ।