ह्याकरले चोरे तीन करोड ५८ लाख
काठमाडौं । एटीएम ह्याक गर्ने चिनियाँ टोलीले १३ वटा बैंकका एटीएम बुथबाट तीन करोड ५८ लाख रुपैयाँ लुटेको राष्ट्र बैंकले गठन गरेको समितिले ठहर गरेको छ । समितिले बुधबार प्रतिवेदन बुझाउँदै यस्तो बनाएको हो ।
तर, कसरी रकम लुटियो भन्ने बारेमा भने प्रतिवेदनमा उल्लेख नभएको राष्ट्र बैंकका अधिकारीले बताएका छन् । समितिले कुन बैंकबाट कति रकम लुटियो भन्ने विवरण भने बुझाएको छ । तर यसको क्षतिपूर्ति कुसरी हुन्छ भन्नेमा प्रतिवेदनमा उल्लेख नभएको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।
नेप्सका अधिकारीले भने बुधबार रातिदेखि नै फरेन्सिक अनुसन्धान थाल्ने तयारी रहेको भएको छ ।, अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।