Connect with us
Kapilvast Forest

‘असोज ११ बाट ‘रातो टिका निधारमा’

२०७६, १९ भाद्र बिहीबारमा प्रकाशित

झापा । नायिका साम्रज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा स्टार चलचित्र ‘रातो टिका निधारमा’को ट्रेलर सार्वजनिक गरिएको छ । अशोक शर्मा निदेर्शित चलचित्र आगामी असोज १० गतेबाट देशभर एकसाथ रिलिज हुँदैछ । चलचित्रमा वैदेशिक रोजगारको विषयलाई उठान गरिएको निर्देशक शर्माले बताउनुभयो ।

चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा रविन्द्रा झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ ।

एए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।झापाली निर्देशक शर्माले यस चलचित्रको अधिकांश छायाङकन झापाकै पर्यटकीय स्थानमा गरिएको जानकारी दिनुभयो । यस अगाडिको जय भोले पनि झापामा छायाङकन गरेको र चलचित्र सफल भएको समेत शर्माले दाबी गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj