Connect with us
Kapilvast Forest

प्रदेशको नामाकरण र राजधानीको टुंगो लगाउन दलहरुलाई सकस

२०७६, १९ भाद्र बिहीबारमा प्रकाशित

विराटनगर । सरकार गठन भएको डेढ वर्ष बितिसके पनि प्रदेश १ मा प्रदेशको नामाकरण टुंगो लान सकेको छैन ।

सत्तारुढ सांसदहरुबीच नै चर्को मतभेद उत्पन्न हुँदा नामाकरणको विवाद लम्बिने देखिएको छ ।

स्थायी राजधानीको टुंगो लगाइसकेको प्रदेश नं १ सरकारले नामको विषय भने सत्तारुढ सांसदबीच तीव्र मतभेद देखिएपछि तत्कालका लागि थाती राखेको छ ।नामाकरणको विषयले संसदमै पनि त्यति महत्व नपाएका कारण यो विषय टुंगिन नसकेको हो ।संसदमा दुईतिहाइ सहितको नेकपाको बहुमत भए पनि सरकारले प्राथमिकतामा राखेर छलफल अगाडी बढाएको छैन ।

जनजाती समुदायका सांसदहरूले जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने अडान राखेका छन् भने विभिन्न जातीय संगठनहरूले पनि त्यसमा दबाब दिइरहेका छन् ।प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रदेश सांसद शेखरचन्द्र थापा भने सरकारले महत्व नदिएर नामाकरणमा विलम्ब भएको दाबी गर्छन ।

एकातर्फ सगरमाथा वा कोशी प्रदेश नामाकरण गर्ने विषयमा छलफल जारी छ भने अर्कोतर्फ जातीय पहिचानको आधारमा भन्दै किराँत, लिम्बुवान, खम्बुवान लगायतका नाममा राखिनुपर्ने दबाब छ ।अनेकौँ नाम आएपनि बजेट अधिवेशनबाट प्रदेशको नाम टुंग्याउन सकिने अवस्था नरहेको प्रदेश सभामुख प्रदीप कुमार भण्डारीको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj