Connect with us
Kapilvast Forest

हास्य टेलिश्रृङ्खला भद्रगोल भोलिदेखि प्रसारण हुने

२०७६, २० भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं । हास्य टेलिश्रृङ्खला ‘भद्रगोल’ भोलिदेखि प्रसारण हुने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘भद्रगोल’ को निर्देशन ज्योति काफ्ले र अशोक घितालले गर्ने भएका छन् ।

केही महिना अघिदेखि कार्याक्रम प्रसारण हुन सकेको थिएन । यस अघि भद्रगोलको निर्देशन अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिक्री’ ले गर्दै आएका थिए ।

काफ्ले नक्कली बाबुराम बनेर चर्चा कमाएका कलाकार हुन् भने धिताल ‘बाहुन डन’ को भूमिकामा भद्रगोलमा छन् ।शुक्रबार ८ः४५ बजे प्रसारण हुने भद्रगोलमा काफ्लेलाई ‘मंगल थारु’ को भूमिकामा देख्न पाइनेछ । मिडिया हवकै प्रस्तुतिमा भद्रगोल प्रसारण हुने भएके हो ।

जनजीविकासँग सरोकार र समस्यामा केन्द्रिय विषयवस्तु भद्रगोलले समेट्दै आएको छ । भद्रगोलमा ज्योति काफ्ले, अशोक धितालसहित सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना लगायतका कलाकारले अभिनय गर्नेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu