Connect with us
Kapilvast Forest

झापामा बम बिस्फोट

२०७६, २३ भाद्र सोमबारमा प्रकाशित

शम्भु दाहाल, झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा गएराति बम विष्फोट भएको छ । सहकारीको चौकीदार बस्ने घरमा कुकर बम विष्फोट भएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाका अनुसार बिस्फोटबाट सहकारीको गेट, गार्ड रुममा क्षति पुगेको छ भने भवनका शिशा फुटेका छन् ।

‘बम भएको थाहा पाएर प्रहरीलाई खबर गरें, प्रहरी आएर सेनाको डिस्पाेजल टोलीलाई बोलायो आउन नपाउँदै बम बिस्पोट भयो’ सहाराका सुरक्ष गार्ड त्रिलोचनले बताए ।

गौरादह नगरपालिकामा अज्ञात समूहले गएराति नै बम बिष्फोट गराएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरकाे गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीले घटनास्थललाई सुरक्षित बनाएको छ । कार्यालयभित्र समेत अन्य शंकास्पद बस्तु हुन सक्ने भन्दै प्रहरीले चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिस्पाेजल टोली बोलाएको छ । दुबै ठाउँको क्षतिको विवरण आउँन बाँकी छ ।

घटनामा संम्लग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । एकै समयमा दुई ठाउँमा विष्फोट गराइएका कारण नेत्रविक्रम चन्द समूह ‘विप्लव’ का कार्यकर्ताले विष्फोट गराइएको हुन सक्ने प्रहरीले आंशका गरेको छ । तर, घटनाको जिम्वेवारी कसैले लिएका छैनन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj