लोकतन्त्र र गणतन्त्र उल्ट्याउन खोज्ने प्रतिक्रियावादीहरु सफल हुने छैनन् : अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र र लोकतन्त्रलाई उल्टाउनका लागि प्रतिक्रियावादी शक्तिहरुले षड्यन्त्र गर्न थालेको आरोप लगाएका छन् ।
पार्टी मुख्यालय धुमवराहिमा सोमबार आयोजित २१ औँ सुरेश वाग्ले स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले परिवर्तनलाई अपमानित गर्ने काम अमान्य हुने बताए ।
सिंहको अगाडि स्याल आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन नसक्ने उनको भनाई थियो ।
उनले निरंकुशतावादी र कुनै पनि नाममा प्रतिक्रियावादी शक्तिलाई यो देशलाई फेरि निरंकुशताको जाँतोमा पिस्न दिने कुरा आफूहरुलाई स्वीकार्य नहुनेबताए ।
आफूहरुको कमजोरी भए त्यसलाई सच्याउन तयार रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबैसँग आग्रह पनि गरे ।
उनले सुरेश वाग्ले कम्युनिष्ट वैचारिक अग्रज र इमान्दार भएको बताए । रहेको भन्दै वैचारिक अन्तरसंघर्षलाई ठीक ढंगले परिचालन गर्न अग्रणी भूमिकामा खेलेको बताए ।अध्यक्ष दाहालले सरकारले जनचाहना अनुसारको काम गर्न नसकेको भन्दै कम्युनिष्ट पार्टीलाई बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प नभएको पनि प्रष्ट पारे ।