Connect with us
Kapilvast Forest

खुला दिसा मुक्त नेपाल हुन २१ दिन बाकी हुदा सम्म पनि कपिलबस्तु अझै हुन सकेन

२०७६, २३ भाद्र सोमबारमा प्रकाशित

 

काठमाडौ : नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने दिन आउन अब २१ दिन मात्र बाँकी छ । समय आफ्नै रफ्तारले हिडिरहे पनि खुला दिसामुक्त घोषणा गर्ने दिन नजिकिदै जाँदा समयको बेग पनि बढेको महसुस भईरहेको छ । सरकारले असोज १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने समय निर्धारण गरिसकेको छ ।

त्यो दिन आउन २१ दिन मात्र बाँकी रहँदा अझै ९ जिल्ला खुला दिसामुक्त घोषणा हुनै बाँकी छ । खुला दिसामुक्त घोषणा गर्न बाँकी सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गरेर मात्र राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर्ने भएकाले असोज अघि नै सबै जिल्ला घोषणा भईसक्नु पर्नेछ ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झा ले सबै जिल्लाले भदौ मसान्तभित्रै खुला दिसामुक्त घोषणा गर्ने मिति तय गरिसकेका छन् । उहाँका अनुसार प्रदेश १ मा सोलुखुम्बु र भोजपुर, प्रदेश २ मा बारा, पर्सा, सर्लाही, महोत्तरी र धनुषा, प्रदेश ३ को काठमाडौ र प्रदेश ५ मा कपिलबस्तु खुला दिसामुक्त घोषणा गर्न बाँकी छ ।

प्रदेश ४, ६ र ७ का सबै जिल्ला यसअघि नै खुला दिसामुक्त घोषणा भईसकेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu