मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । मकाउ पठाइदिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं हाँडीगाउँ बस्ने रौतहट चन्द्रपुर नगरपालिका-३ का बिनोदमणि बस्नेत भन्ने ४२ वर्षीय राजु केसीलाई प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखा प्रमुख सहकुल थापाले जानकारी दिए।
वैदेशिक रोजगारको सिलसिलामा आउने व्यक्तिहरुलाई मकाउमा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विभिन्न मितिमा पटक/पटक गरी १९ लाख १० हजार रुपैयाँ लिई ठगी गरी फरार रहेको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं हाँडीगाउँबाट उनलाई पक्राउ गरेको हो।
उनको साथबाट राजु केसीको नामको ०५-५७०५८९ र बिनोदमणि बस्नेतको नामको ०६-४८४७४५ नम्बरका छुट्टाछुट्टै नामबाट लिएको २ वटा सवारी चालक अनुमतिपत्र समेत प्रहरीले फेला पारी बरामद गरेको छ।
केसीलाई ठगी तथा लिखत सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठइएको उक्त महाशाखाले जनाएको छ।