Connect with us
Kapilvast Forest

कंगना रनौतले अक्षय कुमारको बारेमा किन गरिन् यस्तो खुलासा ?

२०७६, २५ भाद्र बुधबारमा प्रकाशित

भारतीय फिल्म क्षेत्रकी चिरपरिचित अभिनेत्री कंगना रनौतलाई फिल्ममा अभिनय काम गर्ने अभिनेत्रीको रुपमा मात्रै होइन सामाजिक परिवर्तनका विविध विषयमा उनले व्यक्त गर्ने अभिव्यक्तिका कारण पनि चर्चामा आउने गर्छिन् ।

यसैबीच, कंगनाले कावेरी कलिङ अभियानको एक कार्यक्रममा अक्षय कुमारको बारेमा विस्तारमा कुराकानी गरेकी छिन् । उनलाई ८० प्रतिशत पुरुष महिलाको विषयलाई कसरी हेर्छन् भन्ने प्रश्नको जवाफमा भनेकी छिन्, ‘अशिक्षित पुरुषहरु फिल्मलाई ‘कामुकता’ को रुपमा हेर्छन् । त्यसैले महिला सशक्तीकरणसम्बन्धित फिल्मलाई विविध समस्या झेल्नुपर्छ ।’

भर्खरै अक्षय कुमार यसै सन्दर्भमा आलोचित बनेका थिए । उनको फिल्ममा भूमिका एकदमै कम र फिल्म महिलासँग सम्बन्धित थियो तर फिल्मको पोस्टरमा अक्षयको अनुहार एकदमै ठूलो र अरु महिला कलाकारको तस्बिर एकदमै स–साना थिए ।

तर, कंगनाले अक्षयलाई बचाउ गर्दै महिला–केन्द्रित फिल्मलाई अगाडि बढाउनुमा अक्षयको भूमिका रहेको बताइन् । उनले भनिन्, ‘मिशन मंगल वास्तवमै महिला वैज्ञानिक फिल्म हो । यो उपलब्धी हो । तर अक्षयलाई यसको श्रेय जान्छ किनकी कमसेकम उनले यस्ता फिल्मलाई अगाडि बढाउँन त मद्दत गरिरहेका छन् । ’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu