Connect with us
Kapilvast Forest

महिला हिंसा अन्त्यका लागि कडा कानुन बनाउन आग्रह, स्वास्थ्य संकटकाल घोषणा गर्न माग

२०७६, २५ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं, भदौ २५ । सांसदहरुले महिला हिंसा अन्त्यका लागि कडा कानुन बनाउन सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले महिलामाथि दिन–प्रतिदिन हिंसा बढ्दै गएको भन्दै रोक्नका लागि कडा कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सांसद धनकुमारी खतिवडाले हत्या, हिंसा र बालिका तथा किशोरीमाथि बलात्कारका घटना बढेको भन्दै दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरिन् ।

उनले सरकारले प्रभावकारी सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न नसकेकाले हत्या, हिंसा र बलात्कारका घटना बढिरहेको जिकिर गरिन् ।

सांसद मुक्ताकुमारी यादवले प्रदेश नम्बर–२ को सरकारले ‘बेटी बचाऊ बेटी पढाऊ’ नारा अघि सारिरहेका बेला बालिकामाथि ‘एसिड’ आक्रमण भएको भन्दै संविधान संशोधन गरेर अपराधीलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गरिन् ।

स्वास्थ्य संकटकाल घोषणा गर्न माग

संसद राधेश्याम अधिकारीले मुलुकमा डेंगीको महामारी फैलिइसकेकाले सरकारले संकटकाल घोषणा गर्नुपर्ने बताए ।उनले ७७ जिल्लामध्ये ५६ जिल्लामा डेंगीको प्रकोप देखिँदा ‘स्वास्थ्यमा संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ?’ भन्दै प्रश्न गरे ।सांसद बलराम बास्कोटाले हरेक वर्ष चाडपर्वमा कृत्रिम अभाव सिर्जना हुने, गुणस्तरहीन सामान तथा खाद्यान्नमा मिसावट हुने गरेको भन्दै त्यस्ता विकृति नियन्त्रणका लागि समयमै ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रकाश पन्थले सांसदहरुले शून्य र विशेष समयमा उठाएका सवालको सम्बन्धित मन्त्रालयले बेवास्ता गरिरहेको भन्दै ध्यानाकर्षण गराए ।

सांसद मीना बुढाले रोल्पा जिल्लाको सहिदमार्ग पहिरोका कारण अवरुद्ध भएकाले तत्काल पहिरो हटाइ यातायातका साधन सुचारु गर्न सम्बन्धित निकायलाई आग्रह गरिन् ।

सांसद युटोल तामाङले मुगु जिल्लाका बाढी–पहिरोप्रभावितका लागि तत्काल क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu