सडक दुर्घटनामा प्रहरी हवलदार घाईते
कपिलवस्तु भद्रा २५/
कपिलबस्तुको कृष्णनगर स्थित गुर्चिहवामा सडक दुर्घटना हुदा प्रहरी हवलदार घाईते भएका छन। बिपरित दिशाबाट आएको गाडिले ईलाका प्रहरी कार्यालय बहादुरगँजमा कार्यरत प्रहरी हवलदार दोम बहादुर घर्तिलाई घाईते बनाएको छ ।
घाईते घर्तिलाई तत्काल शिवराज अस्पताल बहादुरगँज लगिएता पनि अस्पतालले रिफर गरे पछि थप उपचारको लागि बुटवल लगिएको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरिक्षक अभय रावतले जनाएका छन ।
दुर्घटना गराउने गाडिको खोज तलास भैरहेको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरिक्षक अभय रावतले जनाएका छन ।