Connect with us
Kapilvast Forest

सञ्जय दत्तले भने, ‘बुबाको जीवनीमा आधारित फिल्म बनाउँछु’

२०७६, २६ भाद्र बिहीबारमा प्रकाशित

 

आफ्नो नयाँ फिल्म ‘प्रस्थानम’ को टाइटल ट्र्याक लञ्च गर्न जयपुर पुगेका सञ्जय दत्तले परिवार, अभिभावक र बलिउड साथीबारे कुराकानी गरेका छन् ।

उक्त कार्यक्रममा उनले आफ्नो बुवाको जीवनीमा फिल्म बनाउने सोचमा भएको बताए । उनले भने, ‘म मेरो बुबाको जीवनमा फिल्म बनाउने सोचमा छु, त्यसका लागि काम थाल्छु । उहाँको जीवन यात्रा एकदमै शानदार थियो, जुन पर्दामा ल्याउनु पर्छ ।’

उनले भने, ‘मेरा बाबुआमा मेरो भगवान् हुनुहुन्छ र उहाँहरुभन्दा माथि जान चाहन्नँ । उहाँ अभिनेता मात्रै होइनन्, मेरा नायक हुन् । मैले जतिपनि ठूला र हिट फिल्म बनाएपनि म उहाँहरूभन्दा तल नै बस्न रुचाउँछु । मनिषा कोइराला र ज्याकी श्रोफको कुरा गर्नुपर्दा उहाँहरुलाई म लेजेन्ड र फाइटर भन्न रुचाउँछु । ज्याकी त मेरा प्रिय हुन् ।’

उनी मन्यता दत्त, अली फजल, अमायरा दस्तुर र सत्यजित दुबेसँग शुक्रबार जयपुर पुगेका थिए ।

मान्यतासँग बहाना चल्दैनः

सञ्जयलाई कुन भुमिका फिट र आरामदायी लाग्छ भनेर सोध्दा उनले भने,‘ एक्सनमा फिट हुन्छु । एक्सन बढी सहज हुन्छ । मनोरन्जनमा एक्सन कहिल्यै मर्दैन ।’

उनले श्रीमती मान्यतासँग काम गर्ने बारेमा भने, ‘उनी कडा मेहनती हुन् । उनीसँग काम गर्ने हो भने कुनै बहाना चल्दैन ।’

यद्यपि, उनी आफैं पनि समयसँग सम्झौता गर्न नसक्ने बताएका छन् । उनका अनुसार उनी निश्चित समयमा मात्र काम गर्छन् । बिहान १०–११ देखि बेलुकी ६–७ बजेसम्म पनि काम गर्ने उनले बताएका छन।

मनिषा योद्धा, राजनीति गर्ने लक्ष्य छैनः

आफू र मनीषाको उतार चढावका सम्बन्धमा उनले मनिषासँग लामो समय काम गर्दा रमाइलो भएको बताए । उनले भने, ‘हामीले धेरै फिल्महरूसँगै गरेका छौं । मनिषा एक वास्तविक योद्धा हुन् । उनी आज पनि धेरै सुन्दर छिन् ।’

उनले आफू राजनीतिमा जाने भन्ने समाचारलाई अफवाह बताए । उनले भने, ‘राजनीतिमा जाने कुनै सोच छैन ।’

म कथा सुन्छु, राम्रो लाग्यो भने मनदेखि काम गर्छु:

सञ्जय दत्त टोलीसहित जयपुर राष्ट्रिय विश्वविद्यालयका विद्यार्थीमाझ पुगेका थिए । र, उनले आफ्नो चलचित्रको ‘डाइलग’ बोलेपछि विद्यार्थीलाई उत्साहित पारेका थिए । कुलपति सन्दीप बख्शीले उनलाई स्वागत गर्दै क्याम्पसको बारेमा जानकारी गराएका थिए । विद्यार्थीले मुन्नाभाइ एमबीबीएस, खलनायक, पुलिसगिरी र वास्तव फिल्मलगायत फिल्मको भूमिकालाई मञ्चमा प्रस्तुत गरे । सञ्जय दत्तले भने, दर्शकहरु फिल्म हेरेर खुसी हुँदा हामी पनि खुसी हुन्छौं ।’

उनले आफूलाई सुपरस्टार मान्दैनन्, आफूलाई र्‍याङकिङ पनि गर्दैनन् । यसबारे उनले भने, ‘म संजय दत्त हुँ, कुनै नम्बर होइन । यस्ता कुरामा मलाई विश्वास छैन । म केवल एक अभिनेता हुँ । म एउटा कथा सुन्छु, जुन मलाई मनपर्छ त्यसमा मनदेखि काम गर्छु ।’

म ६० वर्षको बाबा भएँः

बाबा वा सञ्जु तपार्इँलाई कुन नाम मनपर्छ ? उनले भने, ‘बाल्यकालमा बुबासँग सेटमा जान्थे र सबैले मलाई बाबा आयो भनेर भन्नुहुन्थ्यो । त्यहि बेलादेखि नै मेरो यही नाम भयो र ६० वर्ष भइसक्दा पनि मानिसहरुले मलाई मायाले बाबा नै भनेर बोलाउनुहुन्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu