Connect with us
Kapilvast Forest

प्रदेश २ मा पनि बाबुरामको ‘इन्ट्री’

२०७६, २६ भाद्र बिहीबारमा प्रकाशित

baburam_tweet

नेतृत्वको संघीय समाजवादी पार्टी, नेपालसँग एकीकरण गरी समाजवादी पार्टी बनाएका डा.बाबुराम भट्टराईले सो पार्टीमा आफ्नो बर्चस्व कसरी कायम गरिरहेका छन् त्यसको पछिल्लो उदाहरण दुई नम्बर प्रदेशलाई लिन सकिन्छ ।

उपेन्द्र यादवसँग एकीकरण गर्दा सरकार छाड्न पहिलो शर्त राखेका डा.भट्टराई अहिले उनी सत्ताको सबैभन्दा नजिक हुँदै गइरहेका छन् । समाजवादी पार्टीमा सत्तामा पनि हिस्सेदारी हुने सहमति गरेका डा.भट्टराई प्रदेश २ को नीति आयोगमा हालै आफ्नो मान्छे नियुक्त गराएका छन् । यता, संघीय सरकारमा आफै पनि संसदको सत्तापक्षको कुर्सीमा बस्न थालेका छन् ।

यसअघि प्रदेश २ को नीति आयोगको उपाध्यक्षमा हरिवंश झा थिए । झा राजपा नेपाल निकट भएपनि उनको विद्धता देखेर उपेन्द्र यादवले स्वयम् उनीसँग कुरा गरेर आयोगको उपाध्यक्ष बनाएका थिए । उनले नियुक्त भएदेखि नै नियमित रुपमा काम गर्दै आइरहेका थिए तर अचानक प्रदेश सरकारले भदौं २१ मन्त्रिपरिषद्को निर्णयबाट हरिवंश झालाई हटाएर डा.भोगेन्द्र झालाई सो पदमा नियुक्त गरेका छन् ।

डा.भोगेन्द्र झालाई भदौं २२ गते शपथग्रहण पनि गराइएको छ । डा.भोगेन्द्र झा नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य थिए । तर उनी लामो समयदेखि निस्कृय थिए । नयाँ शक्ति पार्टी गठन भएपछि उनी रामचन्द्र झाका साथमा सो पार्टीमा आएका थिए । सो पार्टीमा उनलाई विज्ञ समूहमा पनि राखिएको थियो । जब रामचन्द्र झा सो पार्टी छाडेर नेकपामा गए अनि डा.भोगेन्द्र झा पनि निस्कृय भए ।

नयाँ शक्तिको गतिविधिहरुमा संलग्न हुन छाडे पनि बेला–बेलामा डा.बाबुराम भट्टराई र डा.भोगेन्द्र झाबीच कुराकानी भइ नै रहेको थियो । बौद्धिक व्यक्तित्वको रुपमा परिचित डा.भोगेन्द्र झा डा.भट्टराईको सम्पर्कमा रहे पनि पार्टीमा कहिले सक्रिय थिएन ।

संघीय समाजवादी पार्टीसँग एकीकरण गरेपछि डा.भट्टराईले पार्टीमा तान्नका लागि उनीसँग पटक पटक छलफल गरेका थिए । समाजवादी पार्टीका एकजना नेताका अनुसार दुई हप्ता पहिला पनि डा.भागेन्द्र झा काठमाडौं आएर पार्टीका अध्यक्ष डा.भट्टराईलाई भेटेका थिए । त्यो भेटले नै उनलाई प्रदेश २ को नीति आयोगको उपाध्यक्ष बनाएको हो ।

डा.भट्टराईको तर्फबाट प्रदेश २ मा प्रदेश सांसद भएको भए उनले मन्त्री नै बनाउँथे तर सांसद नभएको कारण आफ्नो तर्फबाट एकजना बौद्धिक नेतालाई नीति आयोगको उपाध्यक्षमा नियुक्त गराउन डा.भट्टराई सफल भए । तर समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादव भन्छन्, ‘डा.भोगेन्द्र झा तत्कालिन नयाँ शक्ति पार्टीका नेता भएपनि पछिल्लो समय निस्कृय हुनुहुन्थ्यो ।

उहाँ पार्टीको सम्पर्कमा हुनुहुन्थेन त्यही भएर अहिले डा.बाबुराम भट्टराईको सिफारिशमा उहाँ नीति आयोगको उपाध्यक्ष बन्नुभएको छ भनि मलाई विश्वास छैन, किनभने उहाँ पार्टीमा हुनुहुन्थेन ।’

किन हटाइए हरिवंश ?
यसअघिका नीति आयोगका उपाध्यक्ष रहेका हरिवंश झाले प्रदेश सरकारले आफूलाई किन हटाएको त्यसबारेमा केही जानकारी नरहेको बताए । उनले भने, ‘हटाउनु भन्दा पहिले मलाई केही पनि सोधपुछ गरेन, वा कुनै आरोप पनि थिएन, अचानक किन हटाएर अर्कोलाई नियुक्त गर्यो त्यो कुरा मलाई थाहा छैन ।’

यदि कुनै कामको विषयमा चित्त बुझेको छैन भने भन्दा हुन्थ्यो तर कुनै जानकारी नै नदिइकन हटाएको हुनाले हटाउनुको कारण आफूलाई थाह नभएको बताए । यद्यपि सञ्चारमाध्यममा आएको समाचार अनुसार प्रदेश २ हुने अनियमितता तथा भ्रष्टाचारीमा प्रदेश २ का सांसदको पनि संलग्नता रहेको अभिव्यक्ति दिएको कारण प्रदेश सरकारले उनलाई उपाध्यक्षबाट हटाएर अर्को नियुक्त गरेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu