Connect with us
Kapilvast Forest

कांग्रेस जागरण अभियान बिरुवा रोपेर थालनी

२०७६, २८ भाद्र शनिबारमा प्रकाशित

शम्भू माली ,कपलिबस्तु २८ भाद्र ।
नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान आजबाट कपिलबस्तु जिल्लामा सुरु भएको छ । जिल्ल्को हरेक क्षेत्रमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियान सुरु भएको हो । कांग्रेसका संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिएको अभियानको उदघाटन हो । २४ गते कपिलबस्तु जिल्लाको सदर मुकाक तौलिहवामा रहेको तौलैश्वर नाथ संस्कृत बिद्यालयमा १०६ वटा बिरुवा रोपेर नेपाली कांग्रेस पाट्रीका केन्द्रिय प्रतिनिधि बिष्णु कुमार कार्की र पुर्ब पाट्री सभापति सुधाकर पाण्डेंयले शुरु गरेका थिए ।

त्यसै क्रममा जागरण अभियानमा नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कार्य समिति संसदिय क्षेत्र नं. २ (ख) यशोधरा गाँउ पालिका अमलोहनामा समपन्न भएको छ । कार्यक्रममा अगुवा कार्यकर्ता ग्रास रुटबाट पाट्रीको सुध्रिकरण गर्नु पर्ने सुझाव दिएका थिए ।
जागरण अभियान वडास्तरीय अन्तरक्रिया, स्थानीय तहको दुई वर्षे समीक्षा लगायतका कार्यक्रम हुने सुधाकर पाण्डेंयले बताए । साथै केन्द्रीय प्रतिनिधि बिष्णु कुमार कार्की सम्बन्धित क्षेत्रका द्वन्द्वकालका पिडीत भएका अब्दुल्ला मुसलमानको घरमै पुगेर भेटेका थिए । साथै घटना प्रति घोर निन्दा गर्दै दुःख ब्यक्त गरेका थिए ।

सो कार्यक्रम प्रदेश क्षेत्रीय कार्य समिति संसदिय क्षेत्र नं. २ (ख) को सभापति गिरजेश कुमार पाण्डेंयका अध्यक्षमा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस पाट्रीका केन्द्रिय प्रतिनिधि बिष्णु कुमार कार्की र पाट्री सभापती सुरेन्द्र राज आर्चय, पुर्ब पाट्री सभापति सुधाकर पाण्डेंय, महेन्द्र पाठक,सोहरत तेली,प्रदेश सभासद रिना नेपाल,जवाहर लाल चौधरी, बिरेन्द्र शुक्ला, दिनेश हमाल, गोपी कृष्ण शर्मा,दिनेश पाण्डेंय र बुथ ईकाई सभापती र सो कार्यक्रममा २ सय बढी कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन माधव पराजुलीले गरेका थिए । जागरण अभियानमा उत्साहपूर्वक समपन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu