Connect with us
Kapilvast Forest

आजदेखि सोह्र श्राद्ध शुरु

२०७६, २८ भाद्र शनिबारमा प्रकाशित

फाइल तस्बिर

काठमाडौं । आजदेखि सोह्र श्राद्ध शुरु भएको छ । आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ ।

भाद्र शुक्लपूर्णिमादेखि आश्विन जमरे औंसी सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। सोह्र श्राद्धदेखि दशैँको शु्रूवात हुन्छ । सोह्र श्राद्धमा आफ्ना पितृलाई तिथि अनुसार श्राद्धमा गर्ने तथा पिण्डदान गर्ने चलन छ । श्राद्ध आफ्नै घरमा बसेर वा नजिकको पवित्र तीर्थस्थल, गङ्गाको तिरमा गएर गर्ने चलन छ ।

श्राद्धभन्दा एकदिन अगावै नङ, केश आदि काटी एकछाक मात्र सात्विक भोजन गरी चोखोनिधो भएर बस्नु पर्छ । सोह्र श्राद्ध मुसुरीको दाल, लौका, लसुन, प्याज, कोदो, फापर, माछामासु सेवन गर्नु हुँदैन ।

एकछाकी र श्राद्धका दुबै दिन हलो जोत्नु, कोदालो खन्नु, दाउरा काट्नु, नाचगान गर्नु आदि पनि निषेध गरिएको छ । श्राद्धका दुवै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नुहुँदैन । दुई दिन शरीरमा सुन, तेल र साबुन प्रयोग गर्नु हुँदैन

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu