Connect with us
Kapilvast Forest

सुनको सिक्री लुटेर भाग्दाभाग्दै पक्राउ

२०७६, २८ भाद्र शनिबारमा प्रकाशित

काठमाडौं । एक युवक महिलाको घाँटीबाट सुनको सिक्री लुटेर भाग्दाभाग्दै पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १६ सोह्रखुट्टे बस्ने १९ वर्षीय सुरेश बिक सिक्री लुटेर भागिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

उनले शुक्रबार काठमाडौं महानगरपालिका नम्बर १६ माछापोखरीस्थित सडक पेटीमा हिंडिरहेकी महिलाले घाँटीमा लगाएको डेढ तोलाको सुनको सिक्री लुटेका थिए । उनलाई सुनको सिक्री लुटी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj