Connect with us
Kapilvast Forest

जेष्ट आइडियोलोजी सहकारीको सभा

२०७६, २९ भाद्र आईतवारमा प्रकाशित

काठमाडौ – जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। १० वर्ष पार गरेको अवसरमा संस्थाले संस्कृतितर्फ वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई नगद ११ हजार एक सय ११ सहित सम्मान गरेको छ। सो अवसरमा सहकारीतर्फ सहकारी विकास बोर्डका संस्थापक दीपकप्रकाश बाँस्कोटा तथा पत्रकारितातर्फ पत्रकार टीकाराम यात्रीलाई नगद पाँच हजार पाँच सय ५५ सहित सम्मान गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रसाद आचार्यले १० वर्ष पार गर्दा संस्थाले सबैको सहयोग प्राप्त गरेको तथा आम सेयर सदस्यलाई उचित मुनाफा दिन सकेको बताउँदै नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन संस्थाले भूमिका खेल्ने जानकारी दिए।

मन्त्री भट्टराईले भ्रमण वर्षमात्र नभई नेपाललाई पर्यटनको केन्द्र बनाउन सहकारी संस्थाहरुले आफ्नो क्षेत्रबाट काम गर्न आग्रह गरे। संस्थाका कार्यकारी सञ्चालक हेमबहादुर कार्कीले संस्थाले संस्थाले १० वर्ष पार गर्दासम्म एक अर्ब ३८ करोडको कारोबार गरेको र ९५ करोड निक्षेप संकलन गरेको बताए।

कार्यक्रममा आइसिएकी निर्देशक एवं राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल, नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता भट्टराईले संस्थाले एक दशक पार गरेकोमा सफलताको शुभकामना व्यक्त गरेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu