म यो सरकारलाई कसरी प्रशंसा गरुँ ?
– ५ i –मन्त्री योगेश भट्टराई ज्यू, के यसरी सफल हुन्छ भ्रमण बर्ष ? -विनोद त्रिपाठी- काठमाडौं । नेपालले सन १९९८ पछि गतिलो रुपमा नेपाल भ्रमण बर्ष यहि २०२० मा मनाउँदैछ । २२ बर्षपछि हुन लागेको यो भ्रमण बर्षको छुट्टै महत्व छ । अब तिन महिनापछि भ्रमण बर्ष शुरु हुनेछ । बिश्वभरिका नागरिकलाई आकर्षित गर्न भ्रमण बर्ष आयोजना गरिएको हो ।
पर्यटक धेरै भन्दा धेरै ल्याउन भ्रमण बर्षले सहयोग पुर्याउने यसको मुख्य उद्धेस्य हो । हुन त यो २२ बर्षको बिचमा यस्ता आयोजना नभएका होइनन् । तर, ति भ्रमण बर्ष खासै उपलब्धी हुन सकेनन् । राजनीति गन्जागोलले नेपाल लामो समय अस्थिरतामा गुज्रियो । आतंक र युद्धले पर्यटन क्षेत्र थिलोथिलो भयो । खर्बौंका संरचना युद्धरत पक्षले ध्वस्त बनाए । चन्दा आतंक र हड्तालले पर्यटन क्षेत्र थला पर्यो । अहिले यी सबै ब्यबधानमा केहि मत्थर आएकोले यो भ्रमण बर्ष केहि उपलब्धीमुलक हुनेमा बिश्वास गर्न सकिन्छ । तर, समस्या र अस्थिरता नेपाल भित्र ज्युँका त्युँ छन् । यसले पर्यटकलाई हैरानी मात्र होइन, भयभित पनि बनाएको छ ।
पर्यटनमन्त्री रविन्द्र अधिकारी भएपछि पर्यटन क्षेत्रको सुधार हुनेमा धेरैलाई आशा बनाएको थियो । तर, उनको अल्पायुमै निकै दुखदायी निधन भयो । त्यसपछि अर्का आशा लाग्दा अनुहार योगेश भट्टराईले यो मन्त्रालयको जिम्मेवार पाएका छन् । सरकार बाहिर हुँदा योगेश स्वंय सरकारलाई निकै आलोचना गर्ने नेतामा पर्छन् । आफ्नै पार्टीको सरकार भएपनि भीम रावल र योगेश भट्टराईले यो सरकारलाई आलोचना गर्दे आएका छन् । त्यहि आधारमा योगेशप्रति धेरैको भरोसा छ । यहि भरोसाकै आधारमा सानो कमजोरी हुने बित्तिकै योगेशको आलोचना शुरु हुन्छ । जनताले योगेशबाट के अपेक्षा राखेका छन् भने सरकारबाट भएका कमजोरी र गल्ती तपाईंबाट नहोस । सरकार त करिब करिब असफल सिद्ध भइसकेको छ । सरकार असफल भएपनि तपाईं सफल हुन नचुक्नुस । यसले तपाईंलाई हिलोमा फुलेको कमलको फुल सावित गर्नेछ । सरकार त पुरै फोहोरी भइसकेको अब कसैले सिद्ध गर्ने पर्देन ।
चौपट महंगी बढेर जनतामा भोकमरि आइसकेको छ । अर्थतन्त्र डामाडोल भइसकेको छ । भ्रष्टाचार ब्याप्त छ । बिचौलियाले सरकारकै केन्द्रविन्दुमा अड्डा जमाइसकेका छन् । यस्तो कठिन र काँडाहरुको बिचमा तपाई सुन्दर फुल बनेर फुल्न सक्नुहुन्छ । तर, तपाईले निम्न बमोजिम कामको शुरुवात अहिलेदेखि नै गर्नुपर्छ । किनकी अब भ्रमण बर्ष आउन ३ महिना पनि बाँकी छैन । १, पर्यटन क्षेत्र भनेको मनोरञ्जनको दुनिया हो । प्रेमलाप र घुमफिर पर्यटकका मुख्य बिशेषता हुन् । बर्षौंदेखि प्रहरीले होटल, मोटेल, रिसोर्ट र होमस्टेमा छापा मारेर हैरान बनाएको छ । ब्यबसायीले प्रहरीको हस्तक्षेप बिरुद्ध धेरै पटक गुनासो गरिसकेका छन् । उमेर पुगेका हरेक नागरिकले प्रेम गर्न, संगै बस्न, सुत्न र मनोरञ्जन गर्न हाम्रो संबिधानले अधिकार दिएको छ । ब्यक्तिगत सम्बन्धमा राज्यले हस्तक्षेप गर्न र निगरानी गर्न पाउँदैन । अपराध वा कुकर्म गरेको ब्यक्तिलाई पक्राउ पुर्जी जारी गरेर प्रहरीले कारवाही गर्न सक्छ । अन्यथा होटलहरुमा प्रहरीले छापा मार्ने अधिकार छैन । यो कार्य तत्काल रोक्नुपर्छ । जसरी बिकसित मुलुकका पर्यटकीय क्षेत्र रंगिन संसारले रंगिएका हुन्छन्, हाम्रा पर्यटकीय ठाउँहरु पनि रंगिन हुन जरुरी छ । बिदेशी पर्यटकहरु नेपाल आउने भनेकै मनोरञ्जनका लागि हो भन्ने सरकारले हेक्का राख्न जरुरी छ । २, योगेश भट्टराई ज्यू, तपाईं एउटा मन्त्रालयको मात्र मन्त्री होइन, सरकारको जिम्मेवारी प्रतिनिधी पनि हो । त्यसैले, अन्य मन्त्रालयका गल्ती कमजोरीलाई संच्याउन मन्त्रीपरिषद बैठकमा निम्न बिषय राखेर समाधान गर्नुस ।
अन्तराष्ट्रिय एयरपोर्ट भित्र गर्मीले बसी सक्न छैन । बातानुकुलित प्रणाली तुरुन्त बसाउनुस । पर्यटकको पर्खाई बिमानस्थल भित्रै सबैभन्दा झुर छ । ३, एयरपोर्ट अगाडी ट्याक्सीको दादागिरी कायमै छ । गृहमन्त्रालयसंग समन्वय गरेर यो कार्य रोक्न लगानुस । जब एयरपोर्टबाट कुनै पर्यटक बाहिर निस्कन्छ, अनि शुरु हुन्छ त्यो पर्यटकका दुर्दशाका घडीहरु । धुलो र हिलो झेल्दै त्यो पर्यटक ठमेल पुग्छ । यति बैराग्य अबस्था छ, तपाईं सार्बजनिक बस वा ट्याक्सी चढेर उपत्यका घुम्नुभो भने कति सकस छ भन्ने थाहा पाउनुहुनेछ । ४, चाइनाले कलंकीदेखि कोटेश्वरसम्म त्यति राम्रो सडक बनाइदिएर छोडेको छ । तर, हाम्रो जंगली पाराले त्यति फराकिलो सडक धुलोमय भएको देख्दा धिक्कार लाग्छ । वरीपरीको माटो आउन नदिएर ब्यबस्थापन मिलाउन सम्बन्धित निकायलाई तुरुन्त अनुरोध गर्नुस । कलंकीको अण्डरपास त्यति राम्रोसंग बनेको छ । तर, प्रयोगमा ध्यान नदिंदा हालत उस्तै खराब छ ।
करोडौं खर्च गरेर बनाइको यो अण्डरपास र पुल रंगहिन छन् । रंग लगाएर आर्कषक बनाउन कस्ले रोकेको छ ? कम खर्चमा राम्रो ब्यबस्थापन गरे हुने यस्ता कामहरु सरकारले किन गर्देन ? ५, कठमाण्डौ, ललितपुर र भक्तपुरका मेयर, उपमेयर, वडा अध्यक्षहरु र सबै सदस्यहरुलाई दैनिक १८ घण्टा चोकमा उभ्याएर राख्नुपर्छ । अनि थाहा पाउँथे, काम केहो, कर्तब्य केहो, बिकास केहो, बिनास केहो ??? अब जनताको अदालतबाट फैसला गर्नुपर्छ यिनीहरुलाई । यिनका अरिंगालहरु बचाउँन आए लाखौं जनता मिलेर यहि हिलो र यहि त्रिपाल भित्र कोक्र्याउनुपर्छ । नत्र कालत्रै भ्रमण बर्ष सफल हुनेवाला छैन । ६, चुनाव भएर नेतृत्व सम्हालेको दुई बर्ष पुग्न लागिसक्यो । जनप्रतिनिधी हुँदा र नहुँदा के फरक भयो ? जनताको (कर) भत्ता मात्र खाने ? त्यसैले यिनले कारवाही गर्न एउटा पद्धतिको शुरुवात हुनुपर्छ ।
७, देशको मुख्य राजधानी , मुख्य केन्द्र विन्दु सिहंदरबार वरपरको क्षेत्र मध्ये भृकृटीमण्डप क्षेत्रका टहराहरु देख्दा लाग्छ, कुनै अनिकाल र मरभुमिको अफ्रिकाको गाउँ जस्तो । यो जमिनलाई सदुपयोग गरेर सुन्दर पार्क वा अति उपयोगी भवनहरु बनाउनुपर्देन ? यो बिजोज दृष्य देखाएर हरिबिजोग चित्रण कहिलेसम्म ? यो देखेर के बिदेशी पर्यटक आर्कषित होलान् र ? ८, जमिनको माटो उधिनेर कहिल्यै सकिन्छ ? ब्रुमर चलाउने भनेको