Connect with us
Kapilvast Forest

फेसबुके प्रेमले यसरी लियो ज्यान

२०७६, ३१ भाद्र मंगलवारमा प्रकाशित

फाइल तस्बिर

काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्यांकोटकी २४ वर्षीय रिता बुढाले तिला नदीमा हाम फालेर आत्महत्या गरेकी छिन् । गत भदौ २१ गते बिहान उनले एक्कासी चन्दननाथ नगरपालिका–१ स्थित दानसाधु नजिकैबाट नदीमा हाम फालेकी थिइन् ।

आफन्तले घरबाट विवाह गर्ने भनेर गएकी छोरी एकाएक नदीमा हाम फालेको थाह पाएपछि प्रहरीले उजुरी गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी लालबहादुर धामीले बताए ।

आफन्तले चन्दननाथ नगरपालिका–२ भण्डारीबाडाका अंगत भण्डारीको नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेका थिए । त्यसलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको छ ।

भण्डारी र बुढाको करिब एक महिनाअघि फेसबुकमा सम्पर्क भएको र त्यसपछि उनीहरू नजिकिंदै विवाहसम्मको अवस्थामा पुगेको परिवारले जनाएको छ । समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu