प्रदेश ५ मन्त्रीपरिषद बैठक : यस्ता छन् निर्णय
बुटवल – प्रदेश नं ५ को मन्त्रीपरिषदले प्रदेश योजना आयोग (गठन तथा सञ्चालन) आदेश,२०७४ दोस्रो संसोधन आदेश स्वीकृती प्रदान गरेको छ ।
आयोगमा यस अघिमुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट कर्मचारीको व्यवस्थापन हुँदै आएकोमा आयोग (गठन तथा सञ्चालन) आदेश,२०७४ दोस्रो संसोधन आदेश स्वीकृती पश्चात अब आयोगको छुट्टै सचिवालय रहने र कर्मचारीको व्यवस्थापन समेत आयोग आफैले गर्ने बाटो खुलेको छ ।
सोमबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले प्रदेश योजना आयोग (गठन तथा सञ्चालन) आदेश,२०७४ दोस्रो संसोधन आदेश स्वीकृती प्रदान गरेको हो । बैठकले प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यहरुको पारिश्रमिक,सुबिधा र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयक तर्जुमा सम्बन्धमा तयार गरिएको अवधारणा पत्रलाई समेत सैद्धान्तिक स्वीकृती प्रदान गरिएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
प्रदेशसभाको चालु चौथो अधिवेशन असोज २ गते अन्त्य गर्ने सरकारको तयारी भएकाले सो विधेयक भने प्रदेशसभाको पाँचौ अधिवेशनमा मात्रै पेश हुने सम्भावना रहेको छ ।