Connect with us
Kapilvast Forest

धनगढीबाट काठमाडौं आउँदै गरेको बस चितवनमा दुर्घटना, १२ जना घाइते

२०७६, १ आश्विन बुधबारमा प्रकाशित

चितवनः चितवनमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ५ ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना ५ ख ६६४७ नंको बसले आज बिहान ५ः४० बजे भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक पछाडिबाट ठक्कर दिँदा सोही बसमा सवार १२ यात्रु घाइते भएका हुन्।

उक्त बसमा २९ यात्रु सवार रहेका थिए। नेपालगन्जको बसमा सवार यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ। घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj