Connect with us
Kapilvast Forest

खानेपानी मन्त्रालयका सचिव बेल्वासेलाई महाराजगंजमा स्वागत

२०७६, २ आश्विन बिहीबारमा प्रकाशित

  • सनिउल्ला धोबी, कपिलवस्तु असोज २,

खानेपानी मन्त्रालयका सचिवलाई महाराजगंजमा स्वागत गरिएको छ । खानेपानी मन्त्रालयका सचिव माधव प्रसाद बेल्वासेलाई बुधवार महाराजगंजमा भव्य स्वागत गरिएको हो । स्वागत कार्यक्रममा बोल्दै सचिव बेल्वासेले महाराजगंजको विकासको लागि खानेपानी मन्त्रालयको तर्फबाट भरपुर सहयोग गर्ने बताउनु भयो । उहाले भन्नुभयो म महाराजगंजमा शिक्षा हसिल गरेकोले महाराजगंजको विकासको लागि पहल गर्छु ।

सचिव वेल्वासे यस भन्दा पहिले सिचाई मन्त्रालयको सचिव रहेकोले महाराजगंज नगरपालिका क्षेत्र भित्र रहेका ताल पोखरीलाई व्यवथित गरी सिचाईको लागि प्रयोग गर्न अनुरोध गर्नु भयो । उहाले महाराजगंजमा आफनो बल्यकाल वितेको बताउदै आफुले यस क्षेत्रको विकास गर्न तम्तयार रहेको बताउनु भयो ।
स्वागत कार्यक्रममा बोल्दै पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्यले यस क्षेत्रको विकासका लागि आफुले पहिले देखी नै पहल गरिरहेको बताउनु भयो । उहाले सिचाईको लागि महाराजगंजको बघुवा सिचाई योजना, कन्चनिय नदी व्यस्थीत गरी सिचाईको लागि प्रयोग गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।
महाराजगंज नगरपालिकमा अनुगमन तथा निरिक्षण गर्न आउनु भएका खानेपानी मन्त्रालयका सचिव माधव प्रसाद बेल्वासे र उहाको श्रीमती पुजन बेल्वासेलाई स्वागत गर्दै महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले यस क्षेत्रको विकास गर्न सहयोग गर्ने बताउनु भयो ।

नगर प्रमुख कलामले महाराजगंज नगरपालिकाको केही स्थानमा खानेपानी ट्याकी जडान गर्न अनुरोध गर्नु भयो । महाराजगंज नगरपालिकालाई किचड मुक्त नगरपालिका बनाउने अठोटको साथ हामी अघी बढेको भन्दै खानेपानी मन्त्रालयको तर्फबाट शुद्ध खानेपानीको व्यवस्थापन गरे नगरबासी शुद्ध खानेपानी खाने पाउने उहाले बताउनु भयो ।

स्वागत कार्यक्रममा महाराजजगंजका नगरपालिकाको उपप्रमुख शुभावती कुर्मी, वडा नं १ का वडा अध्यक्ष शिव प्रसाद बनिया, वडा नं ११ का अधयक्ष जगदिश प्रसाद तिवारी, समाजसेवी श्याम सुन्दर चौधरी, मगनीराम चौधरी, मनौव्वर धुनिया, निवर धुनिया,जय प्रकाश पाण्डे, अफताब आलम, राजेन्द्र चौधरी, माधव दमासे, नगरपालिका योजना शाखा प्रमुख निरञ्जन पौडेल, लेखा अधिकृत दिलिप सिंह लगायतको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj