Connect with us
Kapilvast Forest

संविधान दिवसको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम

२०७६, ३ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं । संविधान दिवसको अवसरमा सांस्कृतिक संस्थानले बुधबार एक विशेष सांस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रममा सांस्कृतिक संस्थानका कलाकारले संविधानका बारेमा एवं नेपाल भ्रमणवर्ष २०२० का विषयमा तयार पारिएका गीत प्रस्तुत गरेका छन् । कलाकारहरुले विभिन्न सांगीतिक धुनका साथै साकेला, धिमे, सखिया, हुड्केली नृत्य पनि प्रस्तुत गरे ।

कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती, उपकुलपति डा। जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायन, सदस्यसचिव श्याम तमोट, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के.कर्माचार्य एवं विभिन्न मन्त्रालयका कर्मचारीको उपस्थिति रहेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले श्रोतसाधनको कमी भएपनि मनहरु दृष्टिकोणहरु फराकिलो भएको बताउनुभयो । मन्त्री भट्टराईले समस्यालाई सामूहिक ढंगले हल गर्ने प्रतिवद्धता जनाउनुभयो । कलाकार तथां स्रष्टाका समस्यालाई समाधान गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाई छ ।

सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर शर्माले संस्कृतिमन्त्रीले संस्थानप्रति देखाएको चासोप्रति प्रशंसा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सांगीतिक क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउनुभएका गायक प्रेमध्वज प्रधान र गायिका ज्ञानु राणालाई १०–१० हजार नगदसहित सम्मान गरिएको थियो । गायक प्रधानले ‘माया नमार मायालु’ र गायिका राणाले सरस्वती वन्दनाको साथमा ‘कसैले बुझेन मेरो मनको बहलाई’ बोलको गीत प्रस्तुत गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu