Connect with us
Kapilvast Forest

कपिलवस्तुमा द माेडेल अफ कल्चरकाे भेला सम्पन्न 

२०७६, ४ आश्विन शनिबारमा प्रकाशित

राम अवतार चाैधरी,कपिलवस्तु/०४ असाेज ।।

बुद्ध सनेस साप्ताहिक तथा थारु पत्रकार संघ नेपालले द माेडेल अफ कल्चर कपिलवस्तु -२०७६ भेला  सम्पन्न गरेकाे छ । जिल्लाको गाेरूसिङगे स्थित थारु कल्याणकारी सभा हलमा भेला  सम्पन्न गरेकाे हाे ।

द माेडल अफ कल्चर कार्यक्रमकाे प्रमुख अतिथि रहनु भएकी थारु कल्याकारीणी सभाकाे केन्द्रीय सदस्य सुमित्रा थारुले कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्लामै थारू समुदायको लागि एकदमै नाैलाे कार्य भएकाे थारुले दावी गरिन् । याे कार्यक्रम थारु समुदायकाे लागि नाैलाे मात्रै नभएर अवसर समेत भएकाे उनले बताईन् ।

साथै वर्तमान समयमा पुराना थारु ड्रेसमा रहेका  टुत्रिलाई सच्चाउँदै अाधुनिकता ल्याउन जरुरी रहेकाे उल्लेख गर्दै कलाक‌ारिता क्षेत्रमा दखल बनाएर व्यावसायिक तरिकाले समुदायलाई पनि अगाडि बढाउने, माेडलिङ पेशालाई हेर्ने दृष्टिकोण नै सकारात्मक हुनु पर्नेमा जाेड् दिनुपर्ने र थाकसकाे तर्फबाट अाफूले सक्दाे गर्ने प्रतिबद्धता समेत थारुले जाहेर गरिन् ।

थारु पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे अध्यक्ष श्याम सिटीले कार्यक्रमकाे बारेमा प्रष्ट प्रार्दै द माेड अफ कल्चरले थारु समुदायकाे कला संस्कृतिलाई प्रबर्द्धन गर्दै संरक्षणमा टेवा पुर्‍याउने गरि अन्य समुदायकाे कल्चरलाई समेत सम्मान गर्दै अगाडि बढ्ने सिटीले बताए । उनले भने सबै जात-जाती, भाषा-भाषी, धर्म संस्कृतिलाई समेटिएर अघि बढ्ने गरि साथै नयाँ कलाकार उत्पादन गर्ने र कला संस्कृतिकाे प्रबर्द्धनमा बिशेष सहयाेग पुग्ने उद्देश्यले  याे कार्यक्रमकाे अायाेजना गर्न लागिएको अध्यक्ष सिटीले जनाए ।

त्यसैगरी साे कार्यक्रममा कपिलवस्तु नागरिक समाजका अध्यक्ष  कार्यक्रममा बाेल्दै थारु समुदायकाे लागि नभएर याे कार्यक्रम सबै समुदायका लागि प्रेरणादायी र फलदायी रहेकाे उल्लेख समेत उनले गरे ।
उक्त कार्यक्रममा थारु पत्रकार संघ नेपाल कपिलवस्तुका श्याम सिटीकाे अध्यक्षता, थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य सुमित्रा थारुकाे प्रमुख अातिथ्यिता, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दाेलख बहादुर पछाई, थारु पत्रकार संघ नेपालका केन्द्रीय सचिव कमल चाैधरीकाे विशिष्ट अातिथ्यिता रहेकाे थियाे ।

त्यसैगरी बुद्धभूमि नगरपालिका वडा नं. ४ काे वडाअध्यक्ष  पवन थारु, थाकस जिल्ला सभापति उमाशंकर थारु र थारु बगियाका केन्द्रीय अध्यक्ष मनिष कठेरिया लगायतकाे अातिथ्यिता साथै थापसकाे जिल्ला उपाध्यक्ष द्वारिका प्रसाद थारुकाे स्वागत र सरिता थारुकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj