Connect with us
Kapilvast Forest

‘मन्त्रिमण्डल बिस्तार ! प्रधानमन्त्रीलाई सोध्नुस्’

२०७६, ५ आश्विन आईतवारमा प्रकाशित

मोरङ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही उच्छृंखल गतिविधिका कारण व्यवस्था नै खतरा नपर्ने बताउनुभएको छ ।

‘मुलुकमा पछिल्लो समय व्यवस्था विरोधी केही गतिविधि भएको पाइएको छ’ आइतबार विराटगर विमानस्थलमा सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, त्यस्ता गतिविधिलाई सरकार र हाम्रो पार्टीले गम्भीर रुपमा लिएको छ । तर त्यस्ता गतिविधिले राज्यको सिस्टममाथि भने खतरा भइसकेको छैन ।’

अध्यक्ष दाहालले अहिले देखिएका व्यवस्था विरोधी गतिविधिलाई राजनीतिक, वैचारिक र सांस्कृतिक ढंगले बहस गरेर परास्त गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘त्यस्ता गतिविधिको प्रतिवाद गर्नुपर्छ’ उहाँले भन्नेभयो, ‘प्रतिवादको अर्थ प्रतिकार होइन ।’

पूर्व प्रधानमन्त्री दाहालले मुलुकको समृद्धिको लागि भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक भएको बताउनु भयो । ‘सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको छ’, उहाँले भन्नुभयो, ‘भ्रष्टाचारविरुद्धमा पार्टी र सरकार आफैं अगाडि बढेको छ । त्यसको परिणाम विस्तारै देखिन थालेको छ । त्यसबारे पार्टीमा समेत समीक्षा भइरहेको छ ।’

अध्यक्ष दाहालले मन्तिमण्डल बिस्तारबारे आफूलाई नसोध्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । ‘मन्त्रिमण्डलकोबारे प्रधानमन्त्रीलाई सोध्ने कुरा हो, यसबारे मलाई नसोध्नुस् ।’ पार्टीको कार्यकारी अधिकारी कहिले पाउनु हुन्छ ? भन्ने प्रश्नमा अध्यक्ष दाहालले ‘त्यसमा पार्टीले जे निर्णय गर्छ, जे सहमति गर्छ त्यही हुन्छ’ भन्नुभयो ।

पूर्व प्रधानमन्त्री दाहालले सरकारले केही पनि गरेनन भन्ने अनावश्यक प्रचारबाजी सही नभएको बताउनु भयो । ‘सरकारले केही गरेन भन्ने सत्य होइन, यसबीचमा सरकारले थुप्रै काम गरेको छ’ उहाँले भन्नुभयो, ‘थुप्रै मौलिक अधिकारसम्बन्धी कानुन बनाएको छ । अन्तराष्ट्रिय शक्तिसँगको सम्बन्धमा सुधार आएको छ । पेट्रोलियम पाइप लाइन बनेको छ । चीनसँगको सम्बन्ध राम्रो भएको छ । मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत भन्दा बढी हुने अन्तराँष्ट्रिय एजेन्सीले अनुमान गरेका छन् । यो सबै अवस्थाले निराश हुनुपर्ने अवस्था छैन ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu