Connect with us
Kapilvast Forest

दुई महिनाअघि कब्जामा लिएको बेलायती तेल ट्याङ्कर इरानले छाड्यो

२०७६, ६ आश्विन सोमबारमा प्रकाशित

एजेन्सी । स्ट्रेट अफ हार्मुजबाट करीब दुई महिनाअघि समुद्री सीमा उल्लंघन गरेको आरोपमा कब्जामा लिएको बेलायती तेल ट्याङ्कर स्टेना इम्पेरोलाई इरानले आइतबार छाडेको छ ।

इरानको हार्मोजगन मेरीटाइम एन्ड पोर्टसका म्यानेजर अल्लाहमोराद अफीफीपोरले ट्याङ्कर छाडेको पुष्टि गर्दै बन्दर अब्बास पोर्टबाट अन्तर्राष्ट्रिय समुद्री सीमामा छाडिने बताए ।

अफीफीपोरका अनुसार ट्याङ्करलाई छाड्ने अनुमति दिए पनि नियम उल्लंघनको लागि कानूनी डोजियर अहिले पनि इरानको अदालतमा खुला रहेको छ ।

इरानले गत जुलाई १९ मा समुद्री सीमाको उल्लंघनको आरोपमा बेलायती तेल ट्याङ्करलाई जफत गरेको थियो ।इरानी ट्याङ्करलाई जिब्राल्टरमा पक्रेको दुई हप्तापछि उसले पनि स्ट्रेट अफ हार्मुजबाट गइरहेको बेलायती ट्याङ्करलाई पक्रेको थियो ।

यद्यपि, इरानी अधिकारीहरुले बेलायती स्टेना इम्पेरो जफत र इरानी ट्याङ्कर ग्रेस वानको पक्राउको बीचमा कुनै प्रकारको सम्बन्ध नरहेको बताउँदै आएको छ ।

ग्रेस वानलाई जिब्राल्टरका अधिकारीहरुले १६ अगस्तमा रिहा गरेका थिए ।

इरानले यही महिना ट्याङ्करमा सवार ७ भारतीयलाई रिहा गरेको थियो । यसअघि १५ अगस्तमा तेल ट्याङ्करमा सवार एक भारतीय क्याप्टेनसहित चार क्रु सदस्यलाई पनि रिहा गरेको थियो ।ट्याङ्करलाई जफत गर्ने बेला जहाजमा १८ भारतीय क्रु सदस्यसहित २३ व्यक्ति सवार थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu