Connect with us
Kapilvast Forest

दुवईमा अन्तर्राष्ट्रिय अचिभमेन्ट अवार्ड २०१९ सम्पन्न

२०७६, ८ आश्विन बुधबारमा प्रकाशित

काठमाडौँ । सिजन मिडियाको आयोजना तथा नेपाल पत्रकार महासंघ युएई शाखाको संयोजनमा आयोजित एक विशेष समारोहका बीच  कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालको प्रमुख आतिथ्यमा नेपाल लगायत यूएईमा वसोवास गर्ने नेपालीहरुलाई सम्मान तथा  इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।
संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबईमा आयोजित एक कार्यक्रमका बीच रातोपाटी डटकमका संस्थापक प्रधानसम्पादक ओम शर्मा  सोही अवसरमा नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष तथा प्रेस काउन्सिलका सदस्य खिल बहादुर भण्डारी, सफल खबरका सम्पादक सुरेशचन्द्र अधिकारी पत्रकारहरु किरण मरहठ्ठा, कृष्ण प्रसाद आचार्य, लक्ष्मण खनाल ,यस्तै रातोपाटीका युएई प्रतिनिधि विनोद श्रेष्ठलाई पनि पत्रकारिता क्षेत्रमा विषेश योगदान गरेवापत अन्तराष्ट्रिय अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।, युएईमा सफल हुनु भएका नेपाली व्यवसायी एवम् समाजसेवी डा. दिनेश आचार्यलाई पनि अवार्ड प्रदान गरिएको थियो ।
यस्तै यूएईमा पर्यटन व्यवसायीमा क्रियाशिल एकेन्द्र थापा, लोक दोहोरी गायक दीप सागर थापा,वरिष्ट फोटोग्राफर राजभाइ महर्जन सुवाल,फोटोपत्रकार सागर श्रेष्ठ,फोटोग्राफर दिपेन्द्र मर्हजन,भवदेव थापालाई फोटोग्राफी क्षेत्रमा विशेष योगदान वापत अन्तराष्ट्रिय अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो त्यसै गरि शिक्षा व्यवसायी सिजी एजुकेशनका हेड गार्ली अग्रवाल, यातायात व्यवसायी देबेन्द्र प्रधान, बुढानिलकण्ठ नगरपालीका वडा नं. १ का अध्यक्ष सुरेन्द्र लामा, हेन्डीक्राफ्ट व्यवसायी हरि सेन्चुरी विक, लेखक तथा सहित्यकार पुष्पलता आचार्य, माधव प्रसाद अधिकारी,कराते प्रशिक्षक पूर्ण प्रसाद श्रेष्ठ, समाजसेवी शोभा कुमारी गिरी अधिकारी, युवा व्यवसायी राम नारायण घिमिरे, पवन अधिकारी, कोरीयोग्राफर रोजिन शाक्य, महिला नेतृ सन्तोषी शाही, रेजिना तुलाधर, महिला व्यवसायी विजय कोइरालालाई समेत अन्तराष्ट्रिय अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा मन्त्री खनालले युएईमा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीलाई नेपाल लगानी गर्न आह्वान समेत गरे । कार्यक्रममा युएईमा क्रियाशिल व्यक्तित्वहरु डा. आसिफ सिद्दी अलिकी, सुरेस ढकाल, इ. मोहन शर्मा र चन्द्र प्रकाश सापकोटालाई विशिष्ट व्यक्ति सम्मान गरिएको थियो भने सुरेश ढाकाल,कल्पना राई, हिरालाल श्रेष्ठ, दिपक गुरुङ (दिपिका) र पिएस लिम्बु संकर श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

 
 
 
 
 
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu