Connect with us
Kapilvast Forest

रजहर जेसीजद्वारा मन्दिरलाई पानी ट्याङकी सहयोग

२०७६, ८ आश्विन बुधबारमा प्रकाशित

  • बिक्रम कोईराला ,रजहर ,असोज ७,

 नवलपुरको रजहर जेसीजले आफनो साताव्यापी कार्यक्रम सुरु गरेको छ । रजहर जेसीजले साताव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन देवचुली नगरपालीका वडा नं १६ रजहरमा स्थित श्री सर्बेश्वर शिवालय मन्दिरमा १००० लि.को पानी ट्याङकी सहयोग गरि पहिलो कार्यक्रम सम्पन्न गरेको छ । सोमबार श्री सर्बेश्वर शिवालय मन्दिरमा एक कार्यक्रम बिच १ हजार लिटरको ट्याङकी रजहर जेसीजका टिमले श्री सर्बेश्वर शिवालय मन्दिर ब्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थितिमा उक्त ट्याङकी मन्दिरलाई हस्तान्तरण गरेको थियो ।

रजहर जेसीजका अध्यक्ष सन्तोष थापाको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथी श्री सर्बेश्वर शिवालय मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष धर्मागत बस्याल ,बिशेष अतिथी मन्दिरकी कोषाध्यक्ष जमुना अर्याल,सदस्य बलराम काफ्ले र देवचुली कलेजका क्याम्पस प्रमुख राजन गौतम,समाजसेवी लाल प्रसाद अधिकारी रहनुभएको थियो ।कार्यक्रममा रजहर जेसीजका कोषाध्यक्ष बिन्दु क्षेत्रीले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्यालले समाजमा भएको नकरात्मक सोच र कामहरुलाई हटाई समाजका युवाहरुलाई एउटै बाटोमा हिड्न सिकाउने भन्दै अब आउने दिनहरुमा पनि यस्तै राम्रो काममा अगाडि हिडनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको संयोजक त्रीविक्रम कोईराला रहनुभयको थियो भने कार्यक्रमको सहजिकरण रजहर जेसीजका महा सचिव हरी प्रसाद सापकोटाले गर्नुभएको थियो।

त्यस्तै गरि रजहर जेसीजले साताव्यापी कार्यक्रम अन्तरगत दोस्रो कार्यक्रम सम्पन्न गरेको छ । मगंलबार रजहर जेसीजको कार्यलयमा चेन्ज योर माईडसेट (change your mindset)बिषयमा अन्ररक्रिया गरि दोस्रो कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम प्रशिक्षक ट्रेनर राजु के सीले यस बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu