Connect with us
Kapilvast Forest

कांग्रेस जागरणमा कुटाकुट, सांसदलाई मंचबाटै घचेटेर लडाइयो सभापतिलाई पार्टीबाट निष्कासन गर्न माग

२०७६, ८ आश्विन बुधबारमा प्रकाशित

फाइल तस्बिर

सप्तरी । नेपाली कांग्रेसले सप्तरीमा मंगलबार आयोजना गरेको जागरण कार्यक्रममा कुटाकुट भएको छ । जिल्ला सभापति दिनेश यादव पक्षले क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद तेजुलाल चौधरीलाई मंचबाट घचेटेर लडाइदिएका छन् । सांसदलाई मंचबाट धकेलेर लडाएपछि कार्यक्रममा हात हालाहाल भएको हो ।

सांसद चौधरीलाई मंचबाट घचेटेर लडाएपछि उनको समूहले सभापति यादवविरुद्ध नाराबाजी गर्दै कार्यक्रम बहिष्कार गरेका छन् । कार्यक्रममा नगर र गाउँपालिकाका पदाधिकारीपछि आसन ग्रहण गराइएको थियो । सांसद चौधरीले जिल्लामा आफू कांग्रेसमा निर्वाचित एक मात्र सांसद भए पनि आसन ग्रहणमा अपमान गरेको भन्दै सभापति यादवप्रति आक्राेश व्यक्त गरे । त्यसपछि सांसद चौधरी र सभापति यादव पक्षबीच कार्यक्रममा भनाभन र हात हालाहाल भएको हो ।

घटनापछि आक्रोशित सांसद चौधरीसहित पूर्व सभासद् रञ्जित कर्ण र रामदेव साहसहितका नेताहरुले सभापति यादवविरुद्ध नाराबाजी गर्दै कार्यक्रम बहिष्कार गरेका हुन् । उनीहरुले कार्यक्रम बहिष्कार गरेर नेता चोकमा विरोधसभा समेत गरेका छन् ।

सांसद चौधरीले मंचमा आफूमाथि भएको दुव्र्यवहारप्रति आक्रोस व्यक्त गर्दै सभापति यादवलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय समिति समक्ष माग गरेका छन् ।

राजधानी दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu