Connect with us
Kapilvast Forest

नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनको तेस्रो बैठक आज

२०७६, ९ आश्विन बिहीबारमा प्रकाशित

नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनसम्बन्धी तेस्रो बैठक भारतको नयाँ दिल्लीमा आजदेखि सुरु हुँदैछ । दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन् । दुई देशका सहसचिवस्तरमा हुने बैठकमा नेपाल–भारत वाणिज्य सन्धि २००९ को पुनरावलोकनको विषयमा छलफल हुनेछ ।

दुई दिनसम्म चल्ने बैठकमा सहसचिव ढकालसहित अर्थ, कानुन, परराष्ट्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग प्रमुख, क्वरेन्टाइन प्रमुख र भारतस्थित नेपाली दूतावासका प्रतिनिधिमो सहभागिता रहनेछ ।

यसअघि वाणिज्य सन्धि पुनरावलोकनसम्बन्धी दोस्रो बैठक गत माघमा पोखरामा भएको थियो । यसअघिको छलफलमा व्यापार घाटा न्यूनीकरण गर्न गैरभन्सार अवरोध हटाउने, रेल्वे, वाटर वेलगातका कनेक्टिभिटीलगातका विषयमा छलफल भएको थियो ।

नेपालको कूल आयातको ६४.७ प्रतिशत हिस्सा भारतसँगै छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो १३ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७५/७६ मा ९ खर्ब १७ अर्ब ९५ करोड रुपैयाँको समान भारतको आयात भएको थियो ।

यस अवधिमा नेपालबाट ६२ अर्ब ७३ करोड रुपैयाँको बराबरको मालसमान मात्र भारत निर्यात भएको व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले जनाएको छ । दुई देशबीच रहीआएको भयंकर ठूलो व्यापारघाटा कम गर्ने र सन्धिलाई समयानुकुल परिमार्जन गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu