Connect with us
Kapilvast Forest

दुई वर्षको अवधिमा ३० जनाभन्दा बढीबाट बलात्कृत बालिकाले आमासँग माफी मागिन्

२०७६, ९ आश्विन बिहीबारमा प्रकाशित

केरल, असोज ९ । भारतको केरल राज्यस्थित मलप्पुरममा १२ वर्षीया एक बालिकालाई ३० जनाभन्दा बढीले बलात्कार गरेको तथ्य प्रकाशमा आएको छ ।

ती बालिका पछिल्लो दुई वर्ष यता पटक पटक बलात्कारको शिकार भएकी हुन् । उनलाई विभिन्न व्यक्तिले बलात्कार गरेको बताइएको छ । बलात्कार गर्नेमा ती बालिकाको पिताका साथीसमेत रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार कक्षा ८ मा अध्ययनरत पीडित बालिकाले ‘काउन्सिलिङ’ का क्रममा आफूले भोगेको पीडा सार्वजनिक गरेकी हुन् । उनले आफू १० वर्षको उमेरमै पहिलो पटक बलात्कृत भएको बताइन् । पहिलो पटक उनी आफ्नै पिताको साथीबाट बलात्कृत भएको बताइएको छ ।

आफू बलात्कृत भएकोबारे आमाबुवालाई सुरुदेखि नै जानकारी भएको उनले प्रहरीसमक्ष बताएकी छन् । यहाँसम्म कि, आमाबुवाकै दबाबमा उनी यौन शोषणमा परेको प्रहरीले जनाएको छ ।

गरिब परिवारकी ती बालिकालाई आमाबुवाले पैसाकै लागि यौनशोषणमा बाध्य पारेको प्रहरीको भनाइ छ । यद्यपि ती बालिकाले परिवार थप संकटमा पर्ने ठानेर कसैलाई यसबारे उजुरी नगरेको बयान प्रहरीसमक्ष दिएकी छन् ।

‘घरमा हजुरआमा बिरामी हुनुहुन्छ, आर्थिक अवस्था निकै कमजोर छ । हामी भाडाको घरमा बस्दै आएका छौं, समयमा घरभाडा तिर्नसमेत सकिँदैन,’ पीडितलाई उद्धृत गर्दै प्रहरीले भन्यो, ‘बुवालाई गिरफ्तार गरेको खण्डमा हाम्रो घरको अवस्था अझ संकटमा पर्छ ।’

प्रहरीले पीडित बालिकाको पितासहित तीन जनालाई पक्राउ गरिसकेको छ । बलात्कारमा संलग्न बाँकीको समेत खोजी भइरहेको जनाइएको छ । बालिकाको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिँदै प्रहरीले बलात्कार पुष्टि भएको जनाएको छ ।

प्रहरीले बालिका र उनको परिवारको पहिचान खुलाएको छैन । पीडित बालिकालाई सरकारी आश्रयस्थलमा पठाइएको छ । प्रहरीले उनलाई आश्रयस्थलमा पठाउन लाग्दा उनकी आमासमेत सँगै थिइन् । आश्रयस्थलमा जानुअघि उनले आमासँग माफी मागेको प्रहरीले जनाएको छ । परिवारमा नयाँ संकट निम्तिएको र यसको कारक आफू रहेको महसुस गर्दै ती बालिकाले आमासँग माफी मागेको हुनसक्ने प्रहरी अधिकारीले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu