Connect with us
Kapilvast Forest

११ अर्ब डलरमा चीनले बनायो अत्याधुनिक एयरपोर्ट

२०७६, ९ आश्विन बिहीबारमा प्रकाशित

एजेन्सी। चीनले ११ अर्ब डलर लगानीमा अत्याधुनिक विमानस्थल सञ्चालनमा ल्याएको छ।

चीनको ७० औँ स्थापना दिवस अगाडि चिनियाँ राष्ट्रपति शी जिनपिङ्गले देशलाई एक विशेष उपहार दिएका हुन्। चीनले १ अक्टोबरमा आफ्नो स्थापना दिवस मनाउँदैछ।

चीनका राष्ट्रपति शी जिनपिङ्गले डेक्सिङ्ग अन्तरराष्ट्रिय विमानस्थलको बुधबार औपचारिक रूप सुरुवात भएकव घोषणा गरे।

११ अर्ब डलरको लागतमा बनेको यो विमानस्थल ७ लाख वर्ष मिटरमा फैलिएको छ। यसको क्षेत्रफल ९८ फुटबल मैदानको आकार बराबर छ। विश्वकै दोस्रो व्यस्त एयरपोर्ट एयरपोर्ट काउन्सिलका अनुसार एटलान्टा एयरपोर्टपछि यो विश्वकै सबैभन्दा व्यस्त एयरपोर्ट हो।

ब्रिटिश एयरवेज, क्याथे प्यासिफिक र फिन एयरले यसअघि नै यो एयरपोर्टबाट आफ्नो सेवा दिने घोषणा गरेका थिए। १० करोड यात्री यो विमानस्थल बेइजिङ सहरबाट ४६ किलोमिटर टाढा दाक्सिङ्ग जिल्ला र लाङ्गफाङ्गको सीमामा अवस्थित छ।

यस स एयरपोर्टबाट बर्षेनि १० करोड यात्री ओहोरदोहोर गर्न सक्नेछन्। चीनको उद्देश्य यो एयरपोर्ट कयौँ दिनदेखि सञ्चारमाध्यममा चर्चामा छ। चीनले सन् २०३५ सम्म हरेक साल ४५० व्यवसायिक विमानस्थल बनाउने उद्देश्य लिएको छ।

चीनले सन् २०१८ मै विमानस्थलको संख्या दोब्बर बनाइसकेको छ। टर्मिनलमुनि रेल लाइन यस एयरपोर्टलाई जाहा हदिदले डिजाइन गरेका हुन्। सन् २०४० सम्म यसका ८ वटा रनवे सञ्चालनमा ल्याइनेछ। टर्मिनलमुनि एक ट्रेन स्टेशन र मेट्रो लाइन पनि छन्।

जसको सहयोगमा यात्रु केबल २० मिनेटमै बेइजिङको मुख्य भागमा पुग्न सक्नेछन्। यसलाई एउटै छतमुनि विश्वकै सबैभन्दा ठूलो टर्मिनल भएको एयरपोर्ट भनिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu