२०७६ असोज १४ गतेको राशिफल
मेष– पदको अपमान हुन सक्नेछ । काम लम्बिन सक्नेछ ।
वृष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ ।
मिथुन– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ ।
कर्कट– विद्यामा प्रगति आउनेछ । संगीतमा रुचि जानेछ ।
सिंह– परस्पर विवादले काम रोकिनेछ । परिवारबाट टाढा भईनेछ ।
कन्या– व्यवसायिक जिम्मेवारी थपिनेछ । सानो यात्रा हुनेछ ।
तुला– भोजनको सुख मिल्नेछ । कुटुम्ब सहयोग आउनेछ ।
वृश्चिक– हतारमा काम बिग्रिनेछ । मनोरञ्जनमा मन जानेछ ।
धनु–घरायसी खर्च बढी हुनेछ । नोक्सानी बेहोर्नुपर्नेछ ।
मकर– आटेको कुरा पुग्नेछ । पशुपंक्षी व्यापारमा लाभ हुनेछ ।
कुम्भ– राजनीतिमा पहुँच बढ्नेछ । सामाजिक पहिचान स्थापित हुनेछ
।
मीन– विदेशबाट सहयोग आउनेछ । घरायसी एवं भूमि सम्बन्धी काम
बन्नेछन् ।