Connect with us
Kapilvast Forest

आखाँ अस्पताल बहादुरगंजमा शुभकामना आदान प्रदान

२०७६, १४ आश्विन मंगलवारमा प्रकाशित

असोज १४,
बहादुरगंज,कपिलबस्तु ।
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुर कपिलबस्तुले नेपालीहरुको महान चाड बिजया दशमी,शुभ दिपावली तथा छट पर्बको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै केन्द्रिय सदस्य गिरीले नेपाल नेत्रज्योति संघ अन्तर्गत संचालित आँखा अस्पताल आंखा उपचारहरुको सेवालाई अबका दिनहरुमा समयानुसारका आधुनिक उपकरण र प्रविधिको प्रयोग गरी दक्ष जनशक्तिहरुद्धारा गुणस्तरीय र उच्चस्तरीय बनाउंदै लैजानेमा जोड दिनुभयो । साथै उहाँले हालै मात्र नेपाल नेत्रज्योति संघ केन्द्रिय कार्यालयले संशोधन सहित पारित गरेको नयाँ “आर्थिक प्रशानसन नियमावली र प्रशासनिक कार्य संचालन नियमावली २०७६” ले थुप्रै नयाँ कार्यदिशा प्रदान गरेकोमा खुशी व्यक्त गर्दै यसको अर्थपूर्ण कार्यान्वयनको लागि शुभकामना व्यक्त गर्नुभयो ।
त्यसैगरी आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका बरिष्ठ प्रशासकीय अधिकृत शम्सेर थापाले नेपाल नेत्रज्योति संघ, केन्द्रिय कार्यालयद्धारा जारी गरिएको नियमावलीमा भएका विभिन्न व्यवस्थाहरुको बारेमा कर्मचारीहरुलाई जानकारी गराउँदै “आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजको कार्यविधि,२०७६” केन्द्रद्धारा स्वीकृती भएको जानकारी गराउनुभयो । सो नियमावलीले कार्यक्रम अन्तर्गत संचालित ३ वटा आँखा अस्पतालहरुको बिकासको लागि बाटो खुलेको र थप कोशेढुंगा साबित भएको उल्लेख गर्नुभयो । कार्यक्रमका अर्का बक्ता नेपाल नेत्रज्योति संघ,दाङ शाखाका उपसभापति रेशमबहादुर खड्काले बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना व्यक्त गर्दै मेडिकल बोर्ड गठन को आवश्यकतामाथि प्रकाश पार्नु भयो । कार्यक्रममा नेपाल नेत्रज्योति संघ,दाङ शाखाका सचिव सुरेन्द्रबहादुर खड्का,छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा.सन्तोष सुवेदी,नेत्र विशेषज्ञहरु डा.रबिन्द्र सिंह ठकुरी,डा.ज्योति सापकोटा,प्रशासकीय अधिकृत जसराज विश्वकर्मा लगायतले शुभकामना मन्तव्य गर्नु भएको थियो । कार्यक्रमको संचालन सुचना अधिकारी बालाराम खड्काले गर्नु भएको थियो ।
त्यसैगरी छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंज कपिलबस्तुको आर्थिक बर्ष २०७६÷०७७ को तेस्रो कर्मचारी बैठक(क्तबाा ःभभतष्लन) समेत सम्पन्न भएको छ । सो अवसरमा अस्पतालले भदौ १५ गतेदेखि असोज १३ गते १ महिनासम्म गरेका विभिन्न गतिविधिहरुको प्रगति प्रतिवेदनमाथि छलफल गरिएको थियो । उक्त १ महिनाको अवधिमा अस्पतालले ५ हजार ३ सय ३० जनालाई सेवा दिइएको र ४ सय ४ जनाको मोतिविन्दुका बिरामीहरुको शल्यक्रिया गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले जानकारी गराउनु भयो । सो अबसरमा अस्पतालमा बिगत ६ बर्षदेखि कार्यरत नेत्र सहायक पदका कर्मचारी नारायणी मास्केलाई बिदाई गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu