Connect with us
Kapilvast Forest

अधिकृतलाई सरुवा भएको स्थानमा पठाउन अल्टीमेटम

२०७६, १५ आश्विन बुधबारमा प्रकाशित

कपिलवस्तु असोज १५,
कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याको सरुवा भएको दुई हप्ता नवित्दै पुनः कार्यालयमा हाजिर हुन लागेको विषयलाई अप्रत्यासित भनेको छ । विचमा एउटा आउने जाने जस्तो समस्याले कर्मचारी र जनप्रतिनिधी विच समस्या रहेको भन्दै असोज १४ गते कार्यपालिका बैठक बसेर कर्मचारीको बारेमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाउने समेतको निर्णय गरिएको छ ।
नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रमुख प्रशासकीय अधिकृत पाध्यालाई कार्तिक दोस्रो हप्ता भित्र सरुवा भएको स्थानमा व्यवस्था मिलाउन माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समक्ष पत्र पठाउने निर्णय गरेको छ ।
मन्त्रालयले पाध्यालाई असोज १ गते नै सरुवा गरेर पश्चिम रुकुमको मुसीकोट नगरपालिका पठाएको थियो । पाध्याको सरुवा भए पश्चात शेषकान्त पौडेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा असोज ५ गते कार्यालयमा हाजिर भएका थिए । त, यो निर्णय एकाएक परिवर्तन गरी असोज १२ गते सोमबार पाध्या पुनः बुद्धभूमिमा हाजिर हुनु आएका छन् ।
यो निर्णयलाई नगर कार्यपालिकाले अप्रत्यासित भनेको छ । कार्यालय हाजिर भएका पौडेल भने एक हप्ता भित्रै सरुवा भएको बताइएको छ । एक पटक सरुवा भई गएको कर्मचारीलाई पुनः एक हप्तामा थमौती गर्दा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत बीचमा असमझदारीको दुरी बढ्न जाने व्यहोरा स्वभाविक रहेको भन्दै नगर कार्यपालिकाको बैठकले उक्त समस्या समाधानका लागि मन्त्रालय समक्ष आग्रह गरेको छ ।
पाध्याको पुनः आवगमन पछि नगरपालिकाका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । जसबाट कर्मचारीले दशैको मुखमा तलव नपाउने भएका छन् । जनप्रतिनिधी र कर्मचारी विच सम्वन्ध पेचिलो बनेपछि नगरवासीमा पनि नैराश्यता आएको स्थानीय सिता वेल्वासेले बताइन् । कर्मचारी र जनप्रतिनिधी विच खटपट भएपछि सहजै नगरका काम र विकासमा समेत असर पर्ने बताइएको छ ।
यता प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याले भने आफुलाई नगरपालिकामा काम गर्न नदिएको भन्दै आपत्ति जनाएका छन् । कर्मचारी सरुवा, बढुुवा स्वभाविक रहेको भन्दै यसमा जनप्रतिनिधिलाई चासो हुन नहुने उनको भनाई छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu