मदिरा भट्टीको खाल्डोमा डुबेर एकै परिवारका ५ जनाको मृत्यु
खाल्डोमा डुबेर मदिरा भट्टी संचालक ४० बिनसहित, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, भाइ ३५ वर्षीय महेन्द्र मुखिया, भाइबुहारी ३० वर्षीया लालमुनी देवी र ५० वर्षीय एक भारतीय नागरिकको मृत्यु भएको हो । भारतीय नागरिक लालमुनी देवीको मृत्यु भएको छ ।
उनीहरु बुधबार बेलुकी ८ बजे भट्टीको खाल्डोमा डुबेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विकासराज खनालले जानकारी दिनुभयाे ।