Connect with us
Kapilvast Forest

कुसंस्कारति परम्परा: दाईजो कुप्रथा

२०७६, १६ आश्विन बिहीबारमा प्रकाशित

बिबाह पबित्र बन्धन हो ब्यापार कदापी होइन, संसारको  हरेक  समाजमा  संस्कृति र संस्कार फरक भए पनि विवाह पद्धति को  ब्यवस्थित ब्यवस्था छ र  हरेक  समुदायले  यो  पबित्र बन्धनमा  समाबेश भई  श्रिष्टी संचालनमा  सहयोग  गरिरहेको  हुन्छ तर  एसिया महादिप को  दक्षिणी मुलुकमा  थुप्रै कुसंस्कारति परम्परा मध्ये  दाईजो प्रथा एक हो।

  प्रायः हाम्रो दक्षिणी मुलुक भारतमा दाईजोको  परम्परा विकसित भएको पाइन्छ र  यसको  प्रभाव बाट  नेपालको  दक्षिणी भु-भाग (तराई)  छेत्र यस असहनिय  निन्दनीय परम्परा बाट  मुक्त हुन सकेको छैन।  मधेसी समुदायमा अवस्थित यो  कथित  परम्परा दिन दिनै  प्रफुल्लित हुदै गइरहेको छ र यसको पछाडि  शिक्षित वर्गको परम्परा बादी  सोच कतै न कतै जिम्मेवार छ।वर्तमान समयमा जो जति शिक्षित छ  त्यो त्यति दाईजो लि रहेको पाइन्छ।
यतिखेर  मधेश का युवा  जिवनको  उन्मुक्तिको  लागि पढछन  या  दाईजोको  लागि  यो  प्रस्ट हुनु नितान्त आवश्यक छ।  कहिल्यै काहिँ विचार गर्न बाध्य भईन्छ  कि  के  मधेसको  युवा  जागरुक  हुन्छन  वा  दिनदिनै  दाईजो जस्तो  कलंकित  परम्परामा समाहित ।
हरेक युवाले  एक चोटि  अवश्य स्मरण गर्नु पर्ने हो  कि के  हाम्रो अध्ययन,  अध्यापन,  उच्चपदस्थ कामको खोज  दाइजोको लागि हो  वा  समाज कल्याण को  लागि । दाइजो जस्तो  घृणित कुकृत्यले  गर्दा  कति,  छोरी, नातिनी, बुहारी,पत्निले  दैनिक  दु:ख सहन  गर्न बाध्य मात्र नभएर   आत्महत्या समेत  गर्नु  परेको छ । त्यहि भएर  यस्को  अन्त्य  अविलम्ब गर्ने  नितान्त आवश्यक छ।
दाईजो लिएर  कोइ कदापि गौरवान्वित हुन सक्दैन तर  त्यहि  के  अपभ्रंश फैलाइन्छ  भने  बधु पक्ष ले  स्वतः  कन्याको  साथ  अर्थ(धन) पनि दान दिन्छन।  हाम्रो  बैदिक परम्परा अनुसार  धन  साधु, सन्त, दीन, हीन  वाहेक  सम्पूर्णले  परिश्रम बाट आर्जन गर्ने हो  नकि  दान  लिने हो।
“लोभं पाप करिष्यते”” लोभ पापको  कारण  र  पापले  सत्यानाश गराउछ  त्यहि भएको हुनाले बधु पक्ष लाई  उत्पिडित गर्नु को सट्टा  प्रोतसाहित  गर्नु पर्छ। विना परिश्रम अरुको धनमा  कुनै प्रकारको अधिकार राख्नु हुँदैन तर  हाम्रो समाजमा  दाईजो जस्तो घृणित परम्परा ले  गर्दा  वर पक्षको लागि  दाईजो आर्थिक आर्जन को श्रोत  बनिसकेको छ। यस्ता कुसंस्कारित  परम्परा लाई  अतिसिघ्र  बिनास नगरि  समाज स्वस्थ्य हुन सक्दैन।
तर  झूटो आरोप  लगाएरा  वर पक्ष लाई  बधु पक्ष ले  पनि  हतोत्साहित गर्नु हुँदैन,  एक  आपसमा  स्वस्थ समझदारी को आधारामा  सामान्यतः  हरेको  दृष्टिले  बराबरी मा  सम्बन्ध  स्थापित गर्नु पर्छ किनभने  असन्तुलित  सम्बन्ध ले  सुख  कदापि दिन सक्दैन। एेन, नियम, कानुन ले  दण्डित गर्न सक्छ तर समस्याको  समाधान गर्न सक्दैन  त्यहि भएको हुनाले  दाईजो  लिने लाई  समाजिक  बहिष्कार को  बिकल्प नभएको प्रतित हुन्छ।
दाईजो को  प्रतिफल स्वरुप  हामी यति स्वार्थी भइसकेका छौँ कि  सत्य असत्य विच फरक छुट्याउन सक्ने छमता  लोप  भइसकेको अवस्था छ। दाईजो उन्मूलन कुनै ब्यक्ति बिशेषले गर्न सक्दैन यसको लागि  हरेक ले  आ-आफ्नो ठाउँ बाट  अगाडि आउनु पर्छ। र  समाजमा  स्वस्थ सन्तुलित संस्कृति को  आधार  स्तम्भ स्थापित गर्नु पर्छ।
“दाईजो लिनु र दिनु दुबै  समाजिक  एवं कानुनी।अपराध हो “।
बशिष्ठ तिवारी :2076 असोज 16
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu