- नारद कोहार, कपिलवस्तु असोज १९,
कपिलवस्तुका बृद्धबृद्धाले सरकारबाट पाउने सामाजिक सुरक्षा वापतको भत्ता पएका छैनन्। बद्ध भत्ता नपाएपछि यो वर्षको दशै खल्लो हुने बताएका छन्।
स्थानीय तहले समयमै निकासा लान नसकेपछि यस बर्ष दशैमा भत्ता बितरण हुन सकेन। जसका कारण बृद्धबृद्धाहरु भत्ता पाउनबाट बंचित भएका हुन्। रमाईलो गरी दशै मनाउने सोच बनाएका बृद्धबृद्धाहरु भत्ताको नपाएर खिन्न भएका छन्।
दशैमा भत्ता नपाएपछि कपिलवस्तु नगरपालिका– ६ का ८० बर्षे एक वृद्धले खिन्न भएको बताए। उनले बिगत बर्षहरुमा दशैको केही दिन अघि नै भत्ता पाएको स्मरण गर्दै यसपाली भने रित्तो हात हुदा निराश बनाएको बताए।
कपिलवस्तु नगरपालिका वडा नं. ६ कै ७९ बर्षिय रामपति कोहारले पनि दशै जस्तो महान चाडमा भत्ता नपाउदा दुःखी बनाएको बताईन्। भत्ता नपाउदा दशैं दशैं जस्तो नलागेको उनले बताईन्।
सरकारले ७० बर्ष नाघेका बृद्धबृद्धाहरुले मासिक ३ हजार पाउने गरी ब्यवस्था गरेको छ। दशैं जस्तो महान चाडमा समत भत्ताबाट बिमुख हुनु पर्दा दुःखी भएका छन्। बढदो महंगी र त्यस माथी बर्ष दिनको चाडमा मिठो मसिनो खाने र नयाँ लुगा लगाउने आश बोकेका बृद्ध बृद्धाहरु निराश भएका छन्।
बृद्ध मात्र होईन एकल महिला, अपांग, लोपन्मुख जाति समेत निराश बनेका छन्। चौमासिक रुपमा पाइने एकमुष्ट रकमले राम्रो संग दशै जाने आश बोकेका कैंयौ बृद्धबद्धाहरुले ऋण खोजेर दशै मान्न बाध्य भएको बताए।
जिल्लामा रहेका १० वटै स्थानिय तहको असोज १२ गते मात्र खाता संचालन भएको थियो।
जसले गर्दा पालिकाहररुले बल्लतल्ल कर्मचारीहरुको तलब मात्र निकासा हुन सकेको जनाईएको छ। यस बर्ष देखि भत्ता बैक मार्फत बितरण गरिने ब्यवस्थाा गरिएको छ। कपिलवस्तु नगरपालिकाका सामाजिक शाखाका प्रमुख पदमराज श्रेष्ठले निकासा नआएकोले दशैमा भत्ता बितरण नभएको बताए।