Connect with us
Kapilvast Forest

आपाङ्गता र जेष्ठ नागरिकलाई सम्मान

२०७६, २० आश्विन सोमबारमा प्रकाशित

  • राम अवतार चौधरी कपिलवस्तु÷ २० असोज ।

कपिलवस्तुको शिवराज नगरपालिका–५, पूर्वरहतकोलमा आइतबार राति शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । “हिन्दुहरुको महान चाँड विजय दशमी, शुभ दिपावली, छठ तथा ल्होसार पर्वको अवसारमा आपाङ्ग प्रति सम्मान” उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

जनकल्याण यूवा समूहको आयोजनामा भएको कार्यक्रममा जेष्ठ नागरिक तथा आपाङ्गता रहेका ८ जना व्यक्तिलाई सल, लुङ्गी पेटिकोट, ब्लाउज, सर्ट, पाईन्ट, सुट, सलवार, सोयटर लगायतका कपडा दिइएर सम्मान गरिएको हो । शुभकामना अदान प्रदान कार्यक्रममा सम्मानित हुनेमा संस्तिव थारु, ललिता पुन, सुमित्रा थारु, फूलनदेवी थारु, भोजिया थारु, फूलमती थारु, राम बहादुर थारु र सेमे थारु लगायतलाई सो कपडाले सम्मान गरिएको सचिव उमेश थारुले बताए ।

सो कार्यक्रमका प्रमुख अतिथी रहेका कृष्ण विक्रम जि.सी.ले आम नेपाली नागरिकलाई सु–स्वास्थ्य एवं दिर्घायुको उत्तरोत्तर प्रगतिको कामना गर्दै जेष्ठ नागरिक तथा आपङ्गता भएका व्याक्तिलाई सम्मान गर्नु एकदमै सह्रानिय कार्य रहेको उल्लेख गरे । आजको समयमा युवाहरुले लागुपदार्थको दुव्र्यसनमा लाग्दै गर्दा पूर्वरहतकोलका यूवाले गरेका कार्यबाट अरुले पनि केही पाठ सिक्नु पर्ने जि.सीले बताए ।

११ जना सदस्यहरु मिली २०६१ सालमा जनकल्याण यूवा समूहको नामबाट स्थापना गरिएको थियो र हाल सम्म पनि सञ्चालन रहेको बताईएको छ । साथै समूहले ०७१ सालदेखि साँस्कृतिक कार्यक्रममा आपाङ्गता र जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएको र हाल भने छैठौँ पटक सम्मान गर्न सफल भएको कोषाध्यक्ष बन्धु थारुले जनाए । उक्त कार्यक्रम कूल प्रसाद पोख्रेलको सभाध्यक्षता, कृष्ण विक्रम जि.सीको प्रमुख आतिथ्यिता, सरस्वती थारु, प्रमिला थारु, भागीराम थारु, खिमानन्द बेल्बासे, राईजिङ्ग स्टार यूवा क्लबका अध्यक्ष प्रदिप थापा लगायतको आतिथ्यिता, उमेश थारुको स्वागत र शुशिल घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu