Connect with us
Kapilvast Forest

गुगलले यो वर्ष बन्द गरेका १० प्रोडक्ट

२०७६, २३ आश्विन बिहीबारमा प्रकाशित

विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी गुगलले विश्वका करोडौँ प्रयोगकर्ताका लागि विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको छ । सर्च इन्जिन कम्पनी गुगलका प्रडक्टहरुको प्रयोग डेस्कटप तथा मोबाइल डिभाइसहरुमा करोडौँ प्रयोगकर्ताले गरिरहेका छन् ।

गुगलको सबैभन्दा धेरै प्रयोग सेवाहरुमा जिमेल, सर्च इन्जिन तथा युट्युब रहेका छन् । यद्यपि, गुगलले स्मार्टफोन तथा अन्य हार्डवेयर समेत नल्याएको होइन ।

आफ्ना कैयन् वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै आएको गुगलले व्यवसायिकताको कसीमा यतिधेरै सजक छ कि उपभोक्ताले नरुचाएका सेवा तथा वस्तुहरु कुनै ढिलाइ नगरिकनै समाप्त गरिदिन्छ ।

यो वर्ष सन् २०१९ मा पनि गुगलले विभिन्न खाले प्रडक्टहरु बन्द गरिदिएको छ । यो वर्ष बन्द भएका प्रडक्ट मध्ये कतिपय वषौँदेखि उपलब्ध थिए भने कतिपय केही महिनाअघि मात्रै लञ्च भएका थिए । यो वर्ष बन्द गरिएका १० वटा गुगल प्रडक्ट यी हुन्ः

· Google+: गुगलले आफ्नो सोसल साइट गुगल प्लसलाई यो वर्ष पूर्णरुपमा बन्द गरिदियो । आठ वर्षअघि सुरु गरेको गुगल प्लसलाई गुगलले बन्द गरिदिएको हो ।

· Google Allo: गुगलको इन्टरनेटमा आधारित टेक्स्ट मेसेजिङ एप Google Allo लाई पनि गुगलले यो वर्ष बन्द गरेको छ । उक्त सर्भिसलाई गुगलले गुगल च्याटको नामबाट रिब्रान्डिङ गरेको थियो । एन्ड्रोइड, आइओएस तथा वेबमा समेत यो सेवा उपलब्ध थियो र त्यसमा भर्चुअल एसिस्टेन्ट तथा इनक्रिप्टेड मोड जस्ता फिचर पनि समावेश थिए ।

· Inbox by Gmail: गुगलको यस सर्भिसमा धेरै फिचरहरु जिमेलको एप्मा पहिले देखिनै विद्यमान थिए । करीब चार वर्ष पूरानो यो एपलाई पनि गुगलले यो वर्ष बन्द गरेको हो ।

· Youtube Gaming: कम्पनीको भिडियो शेयरिङ प्लाटफर्म युट्युबको गेमिंग भिडियो तथा लाइभ स्ट्रिमिंगमा केन्द्रित यो फिचरलाई पनि गुगलले यस वर्ष बन्द गर्यो । यो सर्भिस पनि चार वर्षअघि सुरु गरिएको थियो ।

· Google URL Shorter: कुनै युआरएललाई छोटा बनाउनका लागि यो सेवाको सहयोग लिन सकिन्थ्यो । गुगलको पूरानो सर्भिस मध्येको एक युआरएल शर्टनरलाई पनि गुगलले यो वर्ष बन्द गर्यो जुन नौ वर्षअघि सुरु भएको थियो ।

· Youtube Messages : भिडियो शेयरिङ साइट युट्युबले गेमिङ सर्भिसका अलावा युट्युब मेसेजलाई पनि बन्द गरेको छ । गुगललको बन्द गरिएको नयाँ मध्येको एउटा सेवा हो । यसको सहयोगबाट प्रयोगकर्ताले डाइरेक्ट मेसेज पठाउन सक्दथे र भिडियो शेयर गर्न सक्दथे ।

· Areo M: गुगलको areo एपको सहयोगले प्रयोगकर्ताले मनपर्ने रेष्टुरेन्टबाट खानेकुरा अर्डर गर्न सक्दथे वा रेष्टुरेन्टमा टेबल बुक गर्न सक्दथे ।

· क्रोमकास्ट अडियो: गुगलले यो वर्ष आफ्नो क्रोमकास्ट अडियो हार्डवेयर प्रडक्टको उत्पादन पनि बन्द गर्यो । तीन वर्षअघि लञ्च गरिएको यो प्रडक्टको सहयोगले प्रयोगकर्ताले कुनैपनि डिभाइसबाट स्पिकरमा अडियो स्ट्रिम गर्न सक्दथे ।

· Google Trips: यात्राका शौखिनहरुका लागि यो एपले ट्राभल प्लानिङमा सहयोग गर्दथ्यो । यसका उडान, होटेल, कार तथा रेष्टुरेन्ट बुकिङ जस्ता सुविधा प्रयोगकर्ताका लागि उपलब्ध थिए । यो सर्भिस गुगलले ३ वर्षअघि सुरु गरेको थियो ।

· Data Saver Extension M: गुगल क्रोम ब्राउजरका लागि डाटा सेभर एक्सटेन्सनलाई पनि गुगलले बन्द गरेको छ । यो सर्भिस चार वर्षअघि सुरु गरिएको थियो । यसको सहयोगले धेरै डाटा उपयोग नगरिकनै वेब ब्राउजिङ गर्न सकिन्थ्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu