Connect with us
Kapilvast Forest

सीकाे नेपाल भ्रमणः रेल मार्ग मुख्य प्राथमिकता

२०७६, २४ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर (विस्तृत परियोजना प्रतिवेन) निर्माणसहित पूर्वाधार निर्माणसम्बन्धी आयोजनाहरुको सम्झौता मुख्य प्राथमिकतामा पर्ने भएको छ। करिब एक दर्जन आयोजना चिनियाँ साझेदारीमा बनाउन सम्झौता गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

निर्माण मोडालिटी, लगानी, अनुदान वा ऋणलगायतका विषय आयोजनापिच्छे फरक–फरक हुनेछन्।नाम सार्वजनिक गर्न नचाहेका एक मन्त्रीले रेलमार्गको डीपीआर बनाउने समझदारी पत्रमा हस्ताक्षर हुने निर्णय भएको जानकारी दिनुभयो।

‘रेलमार्ग निर्माणको मोडालिटी, लगानी र अन्य विषय डीपीआरपछि टुंगो लगाइने छ,’ उहाँले भन्नुभयो। काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्मको ६ किलोमिटर सुरुङमार्ग र त्यही बाटो हुँदै रसुवाको स्याफ्रुबेसीसम्म पुग्ने सडक निर्माणका लागि पनि सम्झौता गर्ने निर्णय भएको मन्त्रीको भनाइ छ । कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu