Connect with us
Kapilvast Forest

ट्वीटरको स्विकारोक्ति : प्रयोगकर्ताका डाटा विज्ञापनका लागि प्रयोग गरियो

२०७६, २४ आश्विन शुक्रबारमा प्रकाशित

इमेल, ठेगाना तथा फोन नम्बर लगायतका प्रयोगकर्ताका महत्वपूर्ण तथा निजी जानकारीहरु विज्ञापन प्रयोजनका लागि प्रयोग गर्ने गरिएको ट्वीटरले खुलासा गरेको छ ।

प्रयोगकर्ताका डाटाहरु सुरक्षाका कारणले अन्य कम्पनीलाई सुम्पिएको र त्यहीँबाट भुलवश ती डाटाहरु विज्ञापनसँग सम्बन्धित विषयमा प्रयोग भएको ट्वीटरले स्वीकार गरेको हो ।

यद्यपि यसको असर कति प्रयोगकर्ताहरुलाई पर्यो भन्ने कुरा एकिन नभएको भन्दै ट्वीटरले आफ्नो साझेदार तथा कुनै तेश्रो पक्षले प्रयोगकर्ताका व्यक्तिगत डाटाहरु बाहिर कहिल्यैपनि शेयर भने नगरेको जिकिर गरेको छ ।

ट्वीटरले भनेको छ, ‘हामीले हालैमात्र थाहा पाएका छौँ कि प्रयोगकर्ताको तर्फबाट उनीहरुका अकाउन्टको सुरक्षाका लागि शेयर गरिएका इमेल ठेगाना वा मोबाइल नम्बर जस्ता डाटाहरु भुलवश विज्ञापनका लागि प्रयोग गरिए । ती डाटाको उपयोग लक्षित वर्ग विज्ञापन प्रणालीका लागि गरिएको थियो ।’ तर सेप्टेम्बर १७ देखि भने यस्तो गडबडीलाई हटाइएको र प्रयोगकर्ताका डाटहरु पूर्णरुपमा सुरक्षित र गोप्य रहेको ट्वीटरले जनाएको छ ।

ट्वीटरले प्रयोगकर्ताका डाटाहरु विज्ञापनका लागि प्रयोग गरिएको घटनाप्रति माफी माग्दै आगामी दिनमा गल्ती नदोहोर्‍याउने जनाएको छ ।

स्मरण रहोस् सर्वाधिक लोकप्रियमध्येको एक सोसल मिडियामा प्लेटफर्मको रुपमा रहेको ट्वीटरमा दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १३ करोड ९० लाख रहेको छ । ती मध्ये २ करोड ९० लाख त अमेरिकामा मात्रै रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu