Connect with us
Kapilvast Forest

धानबालीमा फौजि किराको प्रकोप,सखाप पार्दै धानबाली

२०७६, २५ आश्विन शनिबारमा प्रकाशित

fauji-kira

बाँके । पाक्न लागेको धानबालीमा फौजि किराको प्रकोप देखिएपछि बाँके र बर्दियाका किसान चिन्तामा परेका छन्। पाकेको, पाक्न लागेको र पसाउन लागेको धानबालीमा फौजि किराको प्रकोप तिव्र रुपमा बढेको किसानहरूले बताएका छन्। काला र खैरा रंगका फौजी किराले जराबाट धान काटिदिने गरेको उनिहरूको भनाई छ।

डुडुवा गाँउपालीका– ५ छग्रहवाका किसान टेकबहादुर चन्दले गरेको २ विघा धान खेतिमध्य आधा खेतमा किरा बालि सखाप पारेको छ। त्यस्तै, डुडुवा गाँउपालीकाकै अर्का किसान सर्त सौवर अलिको १० विघा खेतिमै किराको प्रकोप फैलीएको उनले बताए।

करीब ४० क्विन्टल धानमा क्षति पुगेको उनको भनाई छ। एक हप्तामै किराको प्रकोप फैलिएको उनले जानकारी दिए। किरा जरामुनी लुक्ने भएकाले औषधी छर्दा पनि प्रकोप नरोकिएको उनको भनाई छ। तिव्र गतिमा यो प्रकोप बढिरहेकाले तत्काल रोक्न जिल्लाका किसानले आग्रह गरेका छन्।

जिल्लामा ३ सय हेक्टर क्षेत्रफलमा सबैभन्दा बढी फौजि किराले क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ। केन्द्रका अनुसार ८ हेक्टर क्षेत्रफलसम्म फौजि किरा फैलिसकेको र क्षति पुर्‍याइरहेको छ। बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३, ४, ५, ६ र ७ मा, डुडुवा गाउँपालिकाको ४, ५ र ६ नम्बर वडामा र नेपालगन्ज उपमहानगरपालिकाको १९ नम्बर वडामा फौजि किराले धान काटेर नोक्सानि पुर्‍याएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए।

खेतमा पानी सुकेकाले किराको प्रकोप देखिएको बताउँदै ढकालले पाकेको धान तत्काल काट्न र किरा लागेको सुख्खा धानखेतमा औषधी छर्न सुझाव दिएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu