गरिमाले धोखा दिएपछी किसान चिन्तित
- सनिउल्ला धोबी, कपिलवस्तु असोज २५,
कपिलवस्तु जिल्लामा लगाइएको ‘हाइब्रिड’ गरिमा जातको धानले समयमा बाला लगाउन नसकेपछि कृषक चिन्तित बनेका छन् । सवै धान पाकेर सकियो तर आफ्नो धानले वाला समेत नलगाउदा कृषकहरु गारिमाले धोखा दिएको भन्दै चिन्तित भएका हुन । शिवराज नगरपालिका वडा ३ का कृषक तुलसिराम सापकोटाले आफ्नो पन्ध्र कट्ठा खेतमा लगाएको गरिमा जातका धान ठूलो भएको तर पसाउन नसकेको बताए ।
स्थानीय शिवराज कृषि सहकारीले विक्रि गरेको ३५ किलो गरिमा जातको धान १ सय ३५ दिनमा पाक्नुपर्ने भएपनि हाल सम्म धान नपसाउदा किसानहरु चिन्तित भएका छन । विगतको वर्षमा सोही जातको धान लगाउँदा उत्पादन राम्रो भएपछि यस वर्ष पनि लगाएको सापकोटाको भनाइ रहेको छ ।
गरिमा धानको विउ जिल्लाका विभिन्न सहकारी मार्फत किसानलाई वितरण गरिएको थियो । स्थानियले लगाएको धान अहिले सम्म नपसाएको र पसाउने छाटकाट देखीएको छैन । उन्नत जातको धान भन्दै लगाएको धान समयमा नपसाउदा किसानहरुमा पर्न गएको क्षती राज्यले वेहोर्नुपर्ने शिवराज कृषि सहकारी सस्थाका अध्यक्ष केयर सिह अदैले वताए ।
धान पाक्ने बेला सम्म धान नपसाएपछी जिल्लाका किसानहरु चिन्तित बनेका छन । धान नपसाएर भन्ने कुनै पनि गुनासो नआएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ । दविसं २०७२ मा नेपालमा सूचीकृत गरिमा जातको धान भारतीय उत्पादन हो ।
यसको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल खेली सक्नुपर्छ । चितवन, नवलपरासीमा , बाँके दाङ र कपिलवस्तुमा उक्त धानको विउ बिक्री भएको थियो ।