नेपाल र चीनबीच विभिन्न विषयका समझदारी पत्रमा हस्ताक्षर हुँदै
काठमाडौँ । नेपाल–चीन द्विपक्षीय वार्तामा विभिन्न विषयमा सहमति तथा सम्झौता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा आइतबार भएको उच्च स्तरीय वार्तामा सहमति तथा सम्झौता भएको हो ।
नेपाल र चीनबिच विकास तथा आपसी सम्बन्ध बिस्तारसँग जोडिएका विभिन्न १५ बुँदामा सहमति तथा सम्झौता भएको बताइएको छ ।
रेल सञ्जाल निर्माण, पर्यटन प्रबर्द्धन, टोखा–छहरे सुरुङ मार्ग, चार वटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, उर्जा, रेल वे, सूचना प्रविधिको बिस्तार गर्नेसहितका बुँदामा सहमति भएको जनाइएको छ ।