३८ क्विन्टल सुन काण्डका ‘काले’ समातिए
काठमाडौं । ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ( इन्टरपोल) ले रेड नोटिस जारी गरेको थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ परेका छन् ।
तस्करी गिरोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको हो । उनी गिरोहका मुख्य लगानीकर्तामध्ये एक हुन् । दुई साताअघि पक्राउ परेका कालेलाई दुबईबाट नेपाल ल्याउने तयारी भइरहेको छ ।, नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।