Connect with us
Kapilvast Forest

महरालाई भोलि अस्पतालबाटै अदालत लगिने

२०७६, २७ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भोलि (मंगलबार) अदालत पेश गरिने भएको छ।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका महरालाई प्रहरीले मंगलबार काठमाडौं जिल्ला अदालत पेश गर्न लागेको हो।

थुनामा राखेर थप अनुसन्धान गर्न म्याद थपका लागि उनलाई अदालत पेश गरिन लागेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए।

उनलाई असोज १९ गते जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पूर्जीका आधारमा सभामुख निवास वालुवाटारबाट प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ। दशैं बिदा र विभिन्न सार्वजनिक बिदाका कारण महरालाई अदालत उपस्थित गराइएको थिएन। मंगलबार अदालतमा उपस्थति गराएर म्याद थप्ने प्रहरी तयारी छ।

प्रहरी हिरासतमै रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि अहिले पनि थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उनलाई अस्पतालबाटै अदालत लगिन लागेको हो।

असोज १२ गते राति रोशनीकै कोठमा गएर बलात्कारको प्रयास गरेको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए। प्रहरीले पक्राउ गरेपछि उनको संसदबाट पनि निलम्बनमा परेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu