सरकारी कार्यालयमा भनसुन र घुस व्याप्त
राजधानी दैनिकमा सरकारी कार्यालयमा अझै भनसुन र र घुस बढिरहेको र यही कारण संघीयतामाथि चुनौती थपिएको विषयमा प्रमुख समाचार छापिएको छ । समाचारमा उल्लेख भए अनुसार कर्मचारीहरुमा सेवा प्रवाहमा ढिलासुस्ती गर्ने प्रवृत्ती बढेको छ । अधिकांश कर्मचारीले घुस खाँदै उम्कदै गरिरहेको पाइएको समाचारमा लेखिएको छ । प्रशासनविद् शारदाप्रसाद त्रितालले सरकारी कार्यालयमा व्याप्त घुसखोरी, भनसुन र सोर्सफोर्सका कारण संघीय शासन प्रणालीको मान्यतामाथि नै दख्खल पुर्याइरहेको र त्यस्ता प्वृत्तीले सेवा प्रवाहमा पक्षपात हुने र निष्पक्ष हुन नसक्ने हुनाले संघीय प्रणली नै कमजोर बन्ने बताउनुभएको समेत पत्रिकामा उल्लेख छ ।
नागरिक दैनिकमा गरिबी निवारणमा अर्बौं लगानी गरिएको भएपनि अझै विपन्न नागरिकको संख्या एक चौथाइ रहेको समाचारले मुख्य स्थान पाएको छ । समाचारमा उल्लेख भए अनुसार लक्षित वर्गको पहिचान अभाव, कार्यक्रममा दोहोरोपना, पटके हिसाबले सत्तचालनजस्ता कारण पनि गरिबी निवारण कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।
गोरखापत्र दैनिकले नेकपाको चियापान समारोहबारे समाचारलाई पहिलो पृष्ठमा समेटेको छ । समारोहमा प्रधानमन्त्री केपी ओलीले छिमेकी राष्ट्रसँग सम्बन्ध सुधारी मुलक विकास र समृद्दिको बाटोमा अघि बढ्नसक्ने बताउनुभएको थियो । प्रधानमनत्रीले शुधकामना मन्तव्यका क्रममा ससाना स्वार्थका कारणले देशमा विकास हुन नसकेकोमा जोड दिनुभएको समाचारमा लेखिएको छ ।